धरान । इलामको फाकफोकथुम गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्ययक्रम अन्र्तगत दुईसय ४० जनाले रोजगारी पाएका छन् ।
गाउँपालिकाको तथ्याङक अनुसार सुचिकृत बेरोजगारको संख्या चारसय ४७ रहेकोमा दुईसय ४० जनाले रोजगारी पाएका हुन । सुचिकृत भएका तीनसय २१ पुरुष र एकसय २६ महिला रहेकामा दुईसय ४१ लाई रोजगारी पाएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक दिपक राईले बताए । नेपाल सरकारको अनुदान अन्र्तगत एकसय ६३ जना र विश्व बैकको अनुदान अन्र्तगत ७८ जनाले रोजगारी पाएका हुन । जसमा नेपाल सरकार अन्र्तगत १३ हजार पाँचसय ४७ दिन र विश्वबैक अन्र्तगत छ हजार छ सय ६० दिन रोजगारी पाएका थिए । पालिकामा सञ्चालन भएका २७ वटा योजना मध्ये नेपाल सरकारको अनुदान अन्र्तगत १८ वटा र विश्व बैकको अनुदानबाट नौ वटा योजना सञ्चालन भएका हुन् ।
पालिकाको ९५ लाख १४ हजार मध्ये ९० लाख २४ हजार खर्च भएको छ । खर्च भएको बजेट मध्येबाट ७७ लाख ४६ हजार दुईसय ३३ रुपैयाँ व्यालाबापत खर्च गरीएको छ । पालिका भित्र रहेका विभिन्न सडकको मर्मत, कुलो मर्मत, पर्खाल निर्माण जस्ता कार्याक्रममा खर्च गरिएको प्रधानमन्त्री स्वरोजगार कार्ययक्रमका संयोजक दिपक राईले बताए । युवालाई रोजगार दिने उदेश्यले सञ्चालन भएको कार्यक्रममा पालिकाका प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालनमा रहेको छ । जसमा सर्सत अनुदान अन्र्तगत दुईचरणमा गरेर ४० लाख ३६ हजार रुपैयाँ खर्च भएको छ । १९ लाख २२ हजार खर्च भएकोमा फाकफोक खोला धार्नेखोप कोल्वोटे कुलो, सटके ठिङ्गेपुर ठुलो कुलो, एकतप्पा होयाङ पिताम्वरु सिचाँइ कुलो, देउमाइ खोला घट्टेमिल कुलो, श्याम कुमार मुखियाको घर उकालो बाटो सोलिङ, फुएतप्पा मुल बाटो मर्मत, लिम्वु गाउँ सडक मर्मत, मसानघाट कुलो, राना गाउँ र आलेबारी पर्खाल निर्माण योजनामा खर्च भएको हो ।
यस्तै २१ लाख १४ हजार रुपैयाँ खर्च भएकोमा फाकफोक खोला धार्नेखोप कोल्वोटे कुलो, सटके ठिङ्गेपुर ठुलो कुलो, एकतप्पा होयाङ पिताम्वरु सिचाइ कुलो, देउमाइ खोला घट्टेमिल कुलो, श्याम कुमार मुखियाको घर उकालो बाटो सोलिङ, फुएतप्पा मुल बाटो मर्मत, लिम्वु गाउँ सडक मर्मत, मसानघाट कुलो, राना गाउँ र आलेबारी पर्खाल निर्माण योजनामा खर्च भएको छ । त्यस्तै बिश्व बैँकको ससर्त अनुदानबाट ३८ लाख ४१ ह्जार रुपैयाँ खर्च भएको छ । जसमा तिवा खोला गैरी गाउँ वर डाँडा निस्कने नयाँ कुलो मर्मत, रातमाटे गाउँ सोलिङ्ग बाटो मर्मत, चण्डिथान देखि उकालो पाङ्मी चौक बाटो सोलिङ्ग, वडा कार्यालय देखी खप्परेघाट सम्मको सडक मर्मत, गैरीवारी सिंचाई कुलो मर्मत, सिंह देवी मावि माथिको ट्रनिङ्ग सोलिङ्ग, खरवारी डाँडा सिठुश्ङ् डाँडा डाठे खोल्सी सडक सोलिङ्ग, उत्तरे आमचोक नाति घुम्ति मोटरवाटो र नसुवा खोला अम्वले गाउँ पिपलबोटे कुलो मर्मत, दश आने कुलो सटके सरसफाईका योजनामा काम भएको राईले बताए ।