प्रतिष्ठानमा गरियो जटिल प्रकारको शल्यक्रिया :५५ बर्षीय पुरुषको ९ किलोको ट्युमर सफलतापूर्वक निकालियाे

  • साउन २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कतिपय शल्यक्रिया जटिल हुन्छन् । चिकित्सकका लागि पनि यस्ता शल्यक्रिया गर्दा चुनौति हुन्छ । यसप्रकारको शल्यक्रिया जोखिम मोलेर गर्नुगर्ने हुन्छ, शल्यक्रिया गर्दा कति सफल हुन्छन् त कति असफल पनि हुन्छन् ।

तर धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक विरामीको चिकित्सकले जटिल प्रकारको शल्यक्रिया गरेर विमारीलाई ज्यान जोगाइदिएका छन् ।

उनी थिए सप्तरीका ५५ बर्षीय एक पुरुष । उनको पछिल्लो भागमा रहेको ९ किलोको ट्युमर चिकित्सकहरुले सफल शल्यक्रिया गरेर निकालि दिएका छन् ।

असार ३१ गते प्रतिष्ठानमा भर्ना भएका उनको साउन ९ गते सफल शल्यक्रिया भएको हो । चिकित्सका अनुसार उनकोे पेटको पछिल्लो भाग रेट्रोपेरिटोनलमा ट्युमर रहेको थियो । उनको शल्यक्रिया जी.आई सर्जरी विभागका एसिस्टेष्ट प्रोफेसर डा.कुणाल बिक्रम देवको नेतृत्वमा भएको थियो ।

अत्यन्तै जटिल प्रकारको केश भएपनि चिकित्सकको टोलीले हिम्मत बढाएर सफल बनाएको डा.कुणाल विक्रमदवले बताए । उनले भने–‘यस्तो प्रकारको केश विरलै आउँछ, सफल बनाउन चुनौति नै हुन्छ, तर हाम्रो टिमले सफल बनाएरै छाड्यो ।’

उनका अनुसार सामान्यतया रेट्रोपेरिटोनल ट्युमर पेटको पछिल्लो भागमा रहेको शरीरको ठूला रगतको नशा, मृगौला र यी अंगबाट आएको पिसाबको नली, ठूलो आन्द्रा, शरीरको तल्लो भागलाई सञ्चालन गर्ने स्नायुहरुसँग छोएर बसेको हुन्छ । यस्तो प्रकारको शल्यक्रिया जटिल हुने गरेका डा.देवको भनाई छ । उनले विरामीको शल्यक्रियामा ट्युमरको साथै मृगौलाबाट आएको पिसाबको नली पनि काटेर जोड्नुपरेको र बाँया भागको इन्टरनल इलिक आर्टरी बाँध्नुपरेको बताए । उनले भने–‘शल्यक्रिया गर्न अत्यन्तै गाह«ो थियो, शल्यक्रिया गर्ने क्रममा सानो मिस्टेक भयो भने पनि ठूलो दुर्घटना हुन्छ ।’

शल्यक्रिया सम्पन्न गर्नका लागि मल्टिडिसिप्लेनरी टिम एप्रोज तरिकाबाट डा.देवको नेतृत्वमा प्राडा शैलेश अधिकारी, डा.सुजन गौतम, डा. रतिस कर्ण, डा. सुस्मित शर्मा, यूरोलोजीबाट डा. आवाज काफ्ले, कार्डियोथोरासिक भास्कुलर सर्जरीबाट डा. विजय साह संलग्न रहेका थिए । यसैगरी एनेस्थेसिया विभागबाट प्रा.डा. आशिष घिमिरेको नेतृत्वमा डा.अरुण मण्डल, डा. सुजन पुन, नर्सिङका टिममा गीता बिक, रेनुका चौधरी र शोभा राईको पनि शल्यक्रियामा संलग्नता रहेको थियो ।

शल्यक्रिया गरेको विरामी आईसियुमा २ दिन उपचार पश्चात सर्जरी वार्डमा पनि ६ दिन उपचार गरिएको थियो । उनको सफल शल्यक्रियाबाट उनका परिवारले खुशी व्यक्त गरेका छन् ।

प्रतिष्ठानामा गरिएको यसभन्दा अगाडि जटिल प्रकारको शल्यक्रिया गरेर विरामीको जीवन बचाएका धेरै उदाहरण छन् । मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहले ताप्लेजुङका एक व्यक्तिलाई हटट्याक भएको २४ घण्टापछि बचाएको, झापामा निर्माणाधी भवनबाट लडेर वारपारि भएको रडको सफलतापूर्वक शल्यक्रिया लगायतका धेरै केशहरुमा प्रतिष्ठानका चिकित्सहरुले सफलतापूर्वक शल्यक्रिया गरेका थिए ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved