धरान । प्रदेश १ स्तरिय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको दोस्रो दिनको खेलमा होलिल्याण्ड स्कुल, लोटस स्कुल, केके इन्टरनेसनल स्कुल र सियोन स्कुल विजयी भएका छन ।
वर्षाको कारण धरान १६ स्थित कर्भडहलमा खेलाइएको दोस्रो दिनको खेलमा होलिल्याण्ड स्कुलले आयोजक डिपो स्कुललाई ३१–१८, लोटस स्कुलले समिट स्कुललाई २८–० र सियोन स्कुलले विश्व आर्दश स्कुल इटहरीलाई ३८–८ अंकले पराजित गरेको थियो । तेस्रो खेल सयपत्री स्कुल तरहराले केके इन्टरनेसनललाई वाकओभर दिएपछि केके स्वत ः विजयी घोषित भएको हो ।
प्रतियोगितामा होलिल्याण्ड स्कुल र डिपो स्कुलले १०–५, ६–५, ४–२ र ११–६ अंक जोडेका थियो । दोस्रो खेलमा लोटस र समिट स्कुलले ९–०, ४–०, ९–० र ६–० अंक जोडेका थिए । यसैगरि तेस्रो खेलमा सियोन स्कुल र विश्व आर्दश स्कुलले १०–०, ५–२, १५–२ र ८–४ अंक जोडेका थिए ।
डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा धरान र धरान वाहिरका गरि १६ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेता टिमले नगद पन्द्र हजार, उपविजेता टिमले नगद सात हजार ५ सय रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यसैगरि प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन ।
मंगलबारदेखि क्वाटर फाइनल खेल सुरु हुनेछ । क्वाटरफाइनल खेलमा सगरमाथा स्कुल विरुद्ध होलिल्याण्ड स्कुल, केके इन्टरनेसनल विरुद्ध चिल्ड्रेन एकेडेमी, कार्मेल स्कुल विरुद्ध लोटस स्कुल र टावर टेम्पल झापा विरुद्ध सियोन स्कुलवीच प्रतिष्पर्धा हुनेछ ।