धरान । सुनसरीं ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० ए स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।
सस्तो मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण भएको हुदा रेड्मी १०ए प्रयोगकर्ताहरूलाई फाइदा हुने कम्पनीको दाबी छ ।
स्मार्ट फोन लञ्च गर्देै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले टेक्नोलोजीको भरपुर प्रयोग गर्दै शाओमीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्ट बजारमा ल्याएको बताए ।
एनले अन्य ईन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा भएको थ्रिडी कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज बनाउने उनको दाबी छ । यो क्यामरामो पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले क्यामरालाई अझ सुरक्षित बनाउने उनले दाबी गरे । अत्याधुनिक स्मार्ट फोन साउन १३ बाट देशभरका सबै अधिकृत विक्रेताकोमा उपलब्ध म्यानेजर अमितकुमारले बताए ।