झरीको प्रवाह नगरी पिण्डेश्वर मन्दिरमा जल चढाउनेको घुइँचो

  • साउन १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लगातारको् झरी र कोरोनाको प्रवाह भक्तजनहरुले् नगरेको पाइएको छ । धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा चतराको कौशिकी नदीबाट जल ल्याएर चढाउने भक्तजनहरुको घुइँचोले यही कुराको पुष्टि गरेको छ ।

दुई बर्ष कोरोना संक्रमणले सबै क्षेत्र ठप्प हुदा मन्दिर समेत बन्द थिए । जसले गर्दा प्रत्येक बर्ष लाग्ने बोलबम मेला दुईबर्ष लागेन । सरकारले मन्दिरलाई समेत निषेधित क्षेत्र घोषणा गर्दै भीडभाड हुन नदिएपछि बोलबम मेला नलागेको हो । बीचमा कोरोना संक्रमण कम हुदै गएपनि अहिले फेरि कोरोना संक्रमण बढ्दै गएको अवस्था छ । तर पनि सर्वसाधारणलाई यसको प्रवाह छैन । झरीको वेवास्ता गरी उनीहरुले धरानदेखि १७ किमी टाढा रहेको् सुनसरीको सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वरमा घण्टौ लाइनमा उभिएर जल चढाएका छन् ।

सप्तरीका दिपक कुमार साह आइतबार सवारी साधनमै धरान आए । सार्वजनिक सवारी साधनमा परिवार तथा साथीभाईसँग आएका उनी सवारी साधनमै चतरा पुगे । विहान चतराबाट खाली खुट्टा हिडेर पिण्डेश्वर मन्दिरमा जल चढाउन आउनु भएका उहाँले बर्षौदेखिको भाकल पूरा गर्न पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताउनुभयो । विगतमा भन्दा बाटो सजिलो भएपनि बाघखोला भन्ने ठाउँमा भने समस्या भएको उनी बताउछन् । धर्मप्रतिको आस्था र जल चढाउदा मनोकांक्षा पूरा हुने भएपछि जल चढाएको उनी बताउँछन् ।

यस्तै सुनसरी इटहरी पकलीका गिरिराज दवाडीलाई पानी जल चढाउन कोरोना र बर्षाद्ले् राकेन । सवारी साधनमै परिवारसँगै चतरा पुगेर सप्तकोशीको जल चढाउन पिण्डेश्वर मन्दिरमा लाइनमा लाग्नु भएका उहाँले धर्मले आत्मबल बलियो बनाउने तर्क राखे । घण्टौ लाइनमा उभिएर पनि जल चढाउन आतुर रहेका दवाडीले आफूलाई बर्षाद र कोरोनाको कुनै प्रवाह नभएको बताए ।

पिण्डेश्वर बाबाधाम समितिका संस्थापक सदस्य मोहन श्रेष्ठ समेत स्कुटीमा चतरा पुगेर पिण्डश्वर मन्दिरमा जल चढाउन विजयपुर आइपुगे । २०३९ सालमा कोशीको पानी ल्याएर जल जढाउन शुरुवात गर्ने धरानेमध्येका एक उनले विगतको भन्दा सडक सञ्जाल राम्रो हुँदा त्यति समस्या नभएको बताए । उनले बाटोमा पर्ने बाघ खोलामा पुल नहँुदा लगातार आएको बर्षाका कारण स्कुटीलाई खोलाबाट तार्न कठिन भएको बताए ।

बोलबम मेलाको तेस्रो दिन भक्तजनको संख्या बढेको भएपनि कोरोना र बर्षादको कारण केही कम भएको श्रेष्ठ बताउछन् ।

पिण्डेश्वर बाबाधाम समितिका अनुसार तेस्रो सोमबार पिण्डेश्वर मन्दिरमा जल आउनेको संख्या करिब ५ हजार रहेको थियो । आइतबारदेखि नै मन्दिर खुल्ला गरिएकोले रातिदेखि नै लाइन लागेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताए । धार्मिक आस्था प्रगााढ भएकै कारण भक्तजनहरु झरि र कोरोनाको प्रवाह नगरी जल चढाउन आएका भक्तजनको उल्लेख्य भीड रहेको उनको भनाई थियो ।

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved