मन्त्रीद्वारा प्रशोधन केन्द्रको निरीक्षण: ‘नगरपालिकाको सह्रानीय काम’

  • साउन १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt तस्विर: लक्ष्मण थापा

धरान । शुक्रबार पूर्वको भ्रमणमा निस्किएका सहरी विकासमन्त्री मेटमणि चौधरी धरान ६ पानबारीमा भएको भेन्जर वेष्ट टु इन्नर्जी प्रा.लि.द्वारा सञ्चालित फोहोर प्रशोधन केन्द्रको निरीक्षण गर्न पुगे ।

उपमहानगरमा केही व्यवसायीहरुले फोहोर संकलन गरी ग्याँस र मल उत्पादन गर्ने गरेको सुनेपछि उनी त्यहाँ रहेको फोहोर प्रशोधन केन्द्रको विषयमा नबुझी फर्कन सकेनन् ।

उनले त्यहाँ रहेको सम्पूर्ण उपकरणको अवलोकन गरे । अवलोकन गरेपश्चात उनी मोहित बने । उनले अवलोकनकै क्रममा भने–‘धरानले गरेको फोहोरबाट मोहर कमाउने अभियान अब सबै सहरहरुमा गर्ने योजना अगाडि बढाएर म मन्त्रिपरिषद्मा कुरा राख्छु । ’

उनले ठूला सहरहरुका लागि फोहोर व्यवस्थापन टाउको दुखाइको विषय भएको सुनाउदै धरान उपमहानगरपालिकाले गरेको फोहोर संकलन गरेर मोहोर कमाउनेमात्र हैन वातावरण प्रदुषण रोक्न गरेको प्रयासको अरु ठूला सहरहरुले पनि अनुकरण गर्नुपर्नेमा जोड दिए ।

उनलाई कम्पनीका अध्यक्ष विनेश श्रेष्ठले कम्पनीले उत्पादन गर्ने र प्रोसेसका विषयमा बताएका थिए । धरानबासीले फालेको फोहोर धरान उपमहानगरपालिकाले संकलन गर्ने र त्यही फोहोर ल्याएर कुहिने र नकुने छुट्याएर सिएनजी ग्याँस र मल बनाउने जानकारी गराएका थिए । उनले भने–‘हामीले कुहिने र नकुहिने फोहोरलाई छानेर ग्याँस र मल उत्पादन गछौै, यहाँ उत्पादन भएको ग्याँस अहिले धरानमा चार वटा टेम्पोमा प्रयोग गरेका छौं, हामीसँग ३ सय वटा टेम्पोलाई पुग्ने क्षमताको ग्याँस उत्पादन हुन्छ, त्यसका लागि नेपाल सरकारले स्वीकृति दिनुपर्ने हुन्छ, हामीले पत्राचार गर्दा समेत नेपाल सरकारले त्यसमा गम्भिरता देखाएको छैन, मन्त्री ज्यू यो कार्य चाँडो गरिदिनु पर्‍यो ।’

उनले यो प्रशोधन केन्द्रको सम्पूणदिनको २ हजार केजी ग्यास उत्पादन गर्ने बताए । उनले भने–‘अहिले हामीले ४ चारवटा टेम्पोलाई ग्याँस उपलब्ध गराउदै आएका छौ । यसका लागि हामीले धरान ८ भोटेपुलमा ग्याँस वितरणका लागि हिमालय पेट्रोल छेउमा पम्प राखेका छौं ।’

उनले प्रशोधन गरेर उन्नत किसिमको मल उत्पादन गरेको बताए । उनले अहिले दैनिक ३ सय केजी मल उत्पादन हुदा समेत पु¥याउनै गाह«ो भएको बताए । उनले भने–‘मलको माग अत्याधिक छ, हामीलाई पुर्‍याउनै गाह्रो छ ।’

सचिवालयको टिमसहित अनुगमनमा पुगेका मन्त्री चौधरीसँगै मन्त्रालयका सचिव रमेश सिंह, विकास आयुक्त जानुका ढकाल, नायव विकास आयुक्त नारायण भण्डारी, लगायत व्यवसायीको कामलाई प्रशंसा गरेका थिए ।

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved