विराटनगरमा सवारी चालक अनुमतिपत्र परीक्षा शुरु

  • साउन १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मोरङको विराटनगरबाट पनि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा दिन पाइने भएको छ ।

प्रदेश १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट लाइसेन्स र ट्रायल दिन मिल्ने गरी सेवा सुरु भएको हो ।

साउन ११ गते बेलुकादेखि विराटनगर यातायात व्यवस्था कार्यालय अन्तर्गत सेवाग्राहीले अनलाइन फाराम भर्नेगरी सेवा सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा यस अघि इटहरी, विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट ट्रायल दिने व्यवस्था गरिएको छ । यो सँगै प्रदेश नं. १ मा ट्रायल दिने स्थान ५ पुगेको छ । विराटनगरबाट नै यातायातका काम हुने भएकाले सेवाग्राहीलाई थप सहज हुने यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले बताए ।

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved