वराहक्षेत्रमा भुमिहिन, सुकुम्बासीलाई व्यवस्थित गर्न पक्रिया शुरु

  • साउन १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वराहक्षेत्र नगरपालिकाले भुमिहिन , सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समधानकालागि काम अगाडि बढाउने भएको छ । नगर स्तरीय भुमिहिन तथा सुकुम्बासी तथा अव्यवस्थित समस्या समधान समितिले वडामा अब्यवस्थित बसोबास ,भुमिहिन दलिल, भुमिहिन सुकुम्बासीलाई पूर्जा वितरणका लागि पक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

मङलवार बसेको समितिले जग्गा प्राप्तिका लागि बराहक्षेत्र वडा नं ७ बाट परिक्षण सुरु गर्ने निर्णय गरेको नगर प्रमुख रमेश कार्कीले बताए । वडामा पहिलो चरणमा स्थान तोकेर काम अगाडि बढाइने छ । राष्ट्रिय भुमि आयोगको निर्देशन बमोजिम वडा गत रुपमा बडा अध्यक्षको संयोजकत्वमा सर्व दलिय सहजिकरण समिति गठन गरिसकिएको नगरपालिकाले जनाएको छ ।

वडामा गठन गरिएको समितिले निस्सा बाँड्ने पक्रिया अगाडि बढाउने छ । निस्सा वितरण भए पछि नामजाँच, फिल्ड बुक, दर्ता प्रक्रिया , दाबी विरोधका कामहरु अगाडि बढ्न नगरप्रमुख कार्कीले बताए ।

नगरपालिकाले नगर प्रमुख संयोजक र उपप्रमुख सह–संयोजक रहेको सर्वदलीय समिति गठन गरेको छ । भुमिहिन तथा सुकुम्बासी तथा अव्यवस्थित समस्या समधानकालागि नगरपालिकामा नगर स्तरिय समिति र राष्ट्रिय भुमि आयोग सुनसरी सक्रिय रुपमा लागि परेका नगर प्रमुख कार्कीले बताए ।

सोमवार वराहक्षेत्र नगरपालिकामा राष्ट्रिय भुमि आयोग सुनसरी जिल्ला अध्यक्ष भगिरथ खत्वे, भुमि आयोजनाका सदस्य , आयोगको बिज्ञ सदस्य , नापी कार्यालय सुनसरीका कर्मचारी र नगर स्तरीय समितिका पदाधिकारी एव सदस्यहरुबीच छलफल समेत भएको थियो । भने मंगलबार नगरपालिकामा विभिन्न वडा अध्यक्ष विभिन्न पार्टी प्रतिनिधि विभिन्न शाखा प्रमुख लगायतको उपस्तिथिमा सो निर्णय गरेको सूचना अधिकृत पुकार पोखरेलले बताए ।

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved