धरानमा भेटिए ‘जब एउटा मान्छे हराउँछ’ का सर्जक

  • साउन ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कवि चन्द्र गुरु शनिबार निकै व्यस्त थिए । भर्खरै प्रकाशित आफ्नै कविताकृति ‘जब एउटा मान्छे हराउँछ’ बारे चर्चा कार्यक्रमका कारण उनी व्यस्त भएका हुन् ।

धरानमा आयोजित कार्यक्रममा कवि तथा कविताप्रेमीहरूको सुन्दर जमघट थियो र जमघटको चाँजोपाँजो मिलाएको थियो, स्थानीय साहित्यिक संस्था कलरव धरानले । कवि गुरुङ घरी आगन्तुकहरूको स्वागतमा दगुर्थे भने घरी आप्mनो कृतिमा हस्ताक्षर गरिरहेका हुन्थे ।

उद्घाटन कविताका रूपमा कवि करुणा राईले सङ्ग्रहकै कविता ‘प्रेमको सुगन्ध’ वाचन गरेपछि कार्यक्रम सुरु भयो । त्यसपछि कार्यक्रममा युवाकविहरू तीर्थ विश्वकर्मा, बिरेन सुब्बा र सुदीप पाख्रिनले सङ्ग्रहभित्रका कविताहरू क्रमशः ‘परदेश २’, ‘मायालु जून’ र ‘कवि र कविता’ वाचन गरे ।

कार्यक्रममा डा राम्जी तिम्सिनाले गुरुङका कविताहरू सरल र हृदयस्पर्शी भएको बताए । समकालीन थुप्रै कविताकृतिमा कविता नभेटिने सन्दर्भ कोट्याउँदै उनले भने, ‘यस्तो सन्दर्भमा यो सङ्ग्रह राहतस्वरूप आएको छ ।’ कविता र व्यक्तित्व दुवैमा गुरुङ कवि नै भएको डा तिम्सििनाको भनाइ छ । त्यसै क्रममा वरिष्ठ कवि बम देवानले गुरुङका कविताहरू शिष्ट भएको बताए । ‘कवितामा सरलरूपमा निकै गम्भीर दर्शन पनि आएको छ’, उनले भने, ‘पाठकहरूलाई मजाले छुन्छ ।’ कृतिबारे चर्चामा भाग लिँदै कवि देवानले थपे, ‘कविताले देशलाई मजाले बोलेको छ ।’

कवि आफैँले पनि वार्तामा सहभागी हुँदै सङ्ग्रहबाट ‘बूढो माझीको देश’ भन्ने कविता वाचन गरेका थिए । त्यस क्रममा उनले देशको बेथिति तथा सर्वसाधारण र आफ्नै पीडाले संवेदित बनाउँदा कविता लेख्ने गरेको सुनाए ।

दुई खण्डमा बाँडिएको कार्यक्रमको पहिलो खण्ड कवि इन्दु योञ्जनले सञ्चालन गरेका थिए भने दोस्रो खण्डमा कवि देवान र गुरुङ सम्मिलित विमर्शको सहजीकरण कवि, पत्रकार तथा उपप्राध्यापक राजेश विद्रोहीले गरेका थिए ।

८६ हजारभन्दा बढी यौन ...

काठमाडौं/नेपालमा हाल ८६ हजार ८०९ जना यौन श्रमिक रहेको त ...

७ वटा मुद्दा खेपिसके ...

मोरङ/उर्लाबारी क्षेत्रको चिनिएको पुरानो अपराधी ‘म ...

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved