४८ वर्षपछि लालपूर्जा पाउँदा सर्वसाधारण दंग

  • साउन ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । चारदशक भन्दा लामो समयदेखि लालपूर्जा नपाएका धनकुटाको एक गाउँका सर्वसाधारण लालपूर्जा प्राप्त भएसँगै दंग भएका छन् ।

लालपूर्जा प्राप्त गर्ने मध्येका साँगुरगढी गाउपालिका ५ तुखाका छत्र याखाले पुर्खादेखि आर्जन गर्दै गरेको जग्गाको लालपूर्जा पाएकोमा खुशी व्यक्त गरे । उनले भने–‘ आफू जन्मनुभन्दा पहिले नै नापी गर्दा गाउँ ब्लक भनेर छोडेको र आफूहरुले नै उपभोग गर्दै आएको जग्गा आफ्नो स्वामित्वमा आएको थिएन, आफ्नो स्वामित्वमा आउँदा खुसीको सिमा नै छैन नि ।’

अर्का स्थानीय बलीकुमार याख्खाको समेत लालपूर्जा पाउँदा खुशीको सीमा थिएन । नापी कार्यालयद्वारा डाँडाबजारमा लालपुर्जा वितरण गर्दा जमिनकोे स्वामित्व जग्गाधनीको नाममा उनको खुशीको सीमा नरहेको हो । ‘बाबु बाजेले भोगचलन गरेको जग्गा आफू ५२ वर्षको हुँदा बल्ल धनीपुर्जा मेरो हातमा परेको छ । यो भन्दा खुशी जीवनमा कहिले हुन्छ ।’

यी दुई मात्र हैन साँगुरीगढी गाउँपालिकाको ओख्रे र तुंखा गाउँका २८ घर परिवारले ४८ वर्षपछि लालपुर्जा पाउँदा उनीहरुको खुशीको सीमा नै थिएन ।

वि.स. २०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु लालपुर्जा पाउनबाट बन्चित भएका उनीहरुले बल्ल लालपूर्जा पाएका हुन् ।

लालपुर्जा वितरणसँगै स्थानीयले सम्पत्तिसम्बन्धी अधिकार प्राप्त गरेका छन् । २०२१ सालदेखि जग्गा हदबन्दी कायम गरिएसँगै नापजाँच कार्य सुरु गरिएको र २०३२ सालमा नापनक्सा सुरु गरिए पनि सिंगो बस्तीलाई नै गाउँ ब्लकको क्षेत्र कायम गरिँदा लालपुर्जा नपाएर स्थानीयलाई समस्या भएको थियो । लालपुर्जा विहीन भएको पाइएपछि २०७७ देखि पुनः नाप नक्सा गरेर गाउँ ब्लकको नाममा सीमित जग्गा व्यक्तिगत रुपमा बनाइएको नापी कार्यालयका प्रमुख मिथिलेश यादवले बताए ।

यादवले गाउँ ब्लक भनेर लेखिएको जग्गालाई पुनः नाप नक्सा गरि पुर्जा वितरण गर्ने भनेर नापी विभागबाट निर्देशन भएपछि लालपुर्जा वितरण गरिएको जानकारी दिए । उनका अनुसार धनकुटा जिल्लामा २ वटा गाउँपालिकामा गाउँ ब्लकको रुपमा रहेको थियो ।

उनले साँगुरीगढी गाउँपालिका र चौविसे गाउँपालिकामा गाउँ ब्लकको जग्गा रहेको बताए। यादवका अनुसार साँगुरीगढीको लालपुर्जा वितरण सकिएको र चौबिसे गाउँपालिकाको मुढेबासको पनि नाप नक्सा सकिएर पुर्जा तयारी रहेका छन् । उनले चौबिसे गाउँपालिकाको मुढेवासमा ५५ घरपरिवार रहेको जनाए । उनीहरूलाई पनि लालपुर्जा वितरणको तयारी भइरहेको नापी कार्यालय धनकुटाले जनाएको छ ।

साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारमा भएको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सम्पत्तिको अधिकार प्राप्त गरेकोमा सबैलाई बधाई दिइन् । उनले सरकार नागरिकको अधिकारका लागि प्रतिबद्ध रहेको पनि बताइन् ।

८६ हजारभन्दा बढी यौन ...

काठमाडौं/नेपालमा हाल ८६ हजार ८०९ जना यौन श्रमिक रहेको त ...

७ वटा मुद्दा खेपिसके ...

मोरङ/उर्लाबारी क्षेत्रको चिनिएको पुरानो अपराधी ‘म ...

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved