लिम्बुवान किराँत प्रदेशको माग गर्दै प्रदर्शन

  • साउन ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पहिचानको मुद्धालाई अगाडि सार्दै आएका ३२ संगठनले विहीबार प्रदेश १ को नाम लिम्बुवान किराँत हुनुपर्ने माग राख्दै विराटनगरमा प्रदर्शन गरेका छन् ।

उनीहरुले विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

‘पहिचान बिनाको प्रदेश मान्दैनौं’, ‘पहिचानवादीहरू एक हौं’ लगायत नारासहितका प्ले कार्ड लिएर संगठनहरूले प्रदर्शन गरेका थिए ।

प्रदर्शन पछि उनीहरुले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउदै संघर्ष समितिका संयोजक प्रेम याक्थुङले प्रदेश नं. १ को नामाकरण पहिचानको आधारमा लिम्बुवान किरात नै उपयुक्त हुने भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण गरा । उनले भने–‘प्रदेश नं. १ को नामाकरण पहिचानको आधारमा हुनुपर्छ, पहिचानको आधारमा नाम राख्दा लिम्बुवान, किराँत उपयुक्त हुन्छ, यो बाहेक अर्को नाम पहिचानवादीलाई मान्य हुदैन ।’

उनले प्रदेशको नाममा लिम्बुवान किरात नजोडिए ८ प्रदेशको माग गर्दै फरक तरिकाले आन्दोलन गर्ने चेतावनी दिए । उनले भने–‘पहिचानवादी एक भएर आन्दोलन गर्दै आएका छौै, प्रदेश सरकार यसतर्फ सकारात्म बन्ने हामीले अपेक्षा लिएका छौं ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राजेन्द्र राईले आफू पहिचानको पक्षधर भएकोले पहिचानको आधारमा प्रदेश १ को नामाकरणमा आफू सकारात्मक भएको बताए । उनले भने ‘आफू पनि पहिचान पक्षधर हुँ, पहिचान विरोध नाम आउने अवस्थाको कदम म चाल्दिनँ ।’ मन्त्री राईले भने ‘खराब नाम आउनु भन्दा नआउदा नआउदा नै राम्रो हुन्छ ।’

तेस्रो ‘मिस्टर कञ्च ...

झापा/ युवाहरूमाझ शारीरिक सुगठनप्रति रुचि जगाउने र ...

धरानमा  कोशी प्रदेश ...

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रद ...

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved