सेवक अभियानले आठौ बार्षिकोत्सव मनायो

  • साउन ५, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान । सामाजिक कार्यसँगै मानव स्वास्थ्यमा उल्लेख्य भूमिका निर्वाह गरेको सेवक अभियान धरानले आठ बर्ष पूरा गरेको छ ।

सामाजिक कार्यसँगै स्वास्थ्यका लागि हाइकिङ चलाउदै आएको अभियानले आफ्नो ८ औं बार्षिकोत्सवको अवसरमा धरान ३ मा रहेको खड्गी समाजमा कार्यक्रम समेत गरेको छ ।

संस्था गठनसँगै धरान १४ विजयपुरमा आएका बोलबम भक्तजनहरुको सेवा समर्पित भई स्वयम् सेवकको काम गरेर काम शुरु गरेको संस्था गठन भने आठबर्ष अगाडि २०७२ श्रावण गते गठन भएको थियो ।

गठन भएयता समाजले धरान तथा धरान बाहिरका अनाथ,अपाङ्ग ,असहाय र आर्थिक अवस्था कमजोर भएकालाई सेवा र सहयोग गर्दै आइरहेको छ भने प्रत्येक शनिवार स्वास्थ्यका लागि हाइकिङको आयोजना गर्दै आइरहेको छ ।

कार्यक्रमको उद्घाटन धरानका मेयर हर्क साम्पाङबाट गर्ने भनिए पनि साम्पाङको अनुपस्थिति भएपछि सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विजय श्रेष्ठले पानसमा बत्ती बालेर गरेका थिए ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले सेवक अभियानको कार्यको प्रशंसा गरेका थिए । उनले सेवक अभियानले शिक्षा, स्वास्थ्य, पर्यटन तथा वातावरणका क्षेत्रमा धेरै काम गरेको बताए ।

संस्थाका अध्यक्ष राजीव हलुवाईले गठन भएदेखि नै शिक्षा, पर्यटन ,स्वास्थ र वातावरण लगायत विभिन्न सामाजिक गतिविधिमा काम गर्दै आएको बताएका थिए । उनले गठन भएयता गरिएका कामहरुको फेरिस्त सुनाएका थिए ।

संस्थाका सदस्य खगेन्द्र कुवँरले सञ्चालन गरेको कार्यक्रममा खड्गी समाजका अध्यक्ष मनिष खड्गी, मितेरी बैंकाका सियो तुलसीप्रसाद वस्ती, नेवाः देय दवुका केन्द्रीय उपाध्यक्ष अनिल मास्केको उपस्थिति रहेको थियो । कार्यक्रमा स्वागत मन्तव्य सेवक अभियानकी उपाध्यक्ष ममता पौडेले राखेकी थिइन् ।

धरानमा  कोशी प्रदेश ...

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रद ...

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

८६ हजारभन्दा बढी यौन ...

काठमाडौं/नेपालमा हाल ८६ हजार ८०९ जना यौन श्रमिक रहेको त ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved