मंगलबारबाट धरान मेघा थ्री वाइ थ्री बास्केटवल शुरु "होलिल्याण्ड ए, काम्रेल, हिमशिखर र चिल्ड्रेन एकेडेमी सेमिफाइनल प्रवेश"

  • साउन ४, २०७९
  • "तस्विर: विकास चाम्लिङ"
alt

धरान । धरान बास्केटवल संघको आयोजनामा आयोजना भएको धरान मेघा थी्र वाइ थी्र एसइइ लेवल खुल्ला बास्केटवल प्रतियोगितातर्फ होलिल्याण्ड स्कुल ए, कामे्रल हाइ स्कुल, हिमशिखर स्कुल तरहरा र चिल्ड्रेन स्कुल सेमिफाइन प्रवेश गरेका छन ।

सुनसरी बास्केटवल संघको सहयोगमा मंगलार देखि सुरु भएको दुई दिने प्रतियोगितामा होलिल्याण्ड ए टिमले युएुन स्कुललाई ८–३, काम्रेल स्कुलले सयपत्री स्कुल तरहरालाई ६–३, हिमशिखर तरहरा स्कुलले झापा मोडल स्कुललाई ८–१ र चिल्ड्रेन स्कुलले होलिल्याण्ड वि टिमलाई ८–० अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन ।

वुधवार हुने पहिलो सेमिफाइनल खेलमा हिमशिखर र चिल्ड्रेन स्कुलले प्रतिश्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनल खेलमा काम्रेल र होलिल्याण्ड स्कुलबीच प्रतिश्पर्धा हुनेछ । सेमिफाइनल खेलमा विजेता टिमले सोही दिन फाइनलमा प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेता टिमले नगद ५ हजार, दोस्रोले नगद २ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद एक हजार र उदयीमान खेलाडिले पाच सय रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ।

कार्यक्रमको उद्घाटन धरान १२ न. वडाका वडा सदस्य तथा धरान उपमहानगरपालिकाका अर्थ तथा सामाजिक लेखा समिति संयोजक व्रम्यज्ञ भट्टराई र सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले संयुक्त रुपमा गरेका थिए ।

धरान मेघा कलेजको बास्केटवल कोर्टमा सञ्चालन भएको प्रतियोगितामा कक्षा ५ देखि एसइइ दिएका विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा धरान र धरान वाहिरका गरी १८ वटा टिमको सहभागिता रहेको छ ।

मेप्रतियोगिताको मुख्य प्रायोजक धरान मेघा कलेज रहेको छ भने सह प्रायोजकको रुपमा सगरमाथा एसडि कलेज रहेको छ । उदघाटन कार्यक्रममा धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वु, सगरमाथा एसडी कलेजका प्राचार्य सन्तोष राई लगायतको उपस्थिति रहेको थियो ।

धरानमा  कोशी प्रदेश ...

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रद ...

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

८६ हजारभन्दा बढी यौन ...

काठमाडौं/नेपालमा हाल ८६ हजार ८०९ जना यौन श्रमिक रहेको त ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved