धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको निधन भएको छ ।
प्रा.डा. रौनियारको ब्रेन हेम्रेजका कारण मंगलबार भारतको कोलकत्तामा उपचारकै क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
विगतदेखि नै उच्च रक्तचापबाट पीडित प्रा.डा रौनियारलाई सोमबार स्वास्थ्यमा एक्कासी समस्या देखिएपछिे सोमबार नै रौनियारलाई भारतको कलकत्ता स्थित एक अस्पतालमा भर्ना गएिको उपकुलपति रौनियारका दाजु गौरीशंकर रौनियारले जानकारी दिए । उपचारकै क्रममा मगलबार बिहान १० बजे निधन भएको परिवारले बताएको छ ।
उपकुलपति प्रा.डा रौनियारको निधनले स्वास्थ्य क्षेत्रमा ठूलो नोक्सानी पुगेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी, शिक्षक, विद्यार्थी तथा चिकित्सकहरुले बताएका छन् । चिकित्सा तथा दन्त चिकित्सा शिक्षण कल्याण समाजका अध्यक्ष डा. अरुणकुमार सिहले उपकुलपति प्रा.डा. रौनियारको निधनले स्वास्थ्य क्षेत्रलाई ठूलो नोक्सानी भएको बताएका छन् । उनले भने–‘पत्याउनै नसक्ने खबर परिवारबाट पाए, पहिला त मलाई पत्याउनै गाह«ो भयो, पछि पारिवारिक स्रोतबाट मृत्यु भएको जानकारी भएपछिमात्र पत्याउन करै लाग्यो ।’
प्रा.डा रौनियार दक्ष रेडियोलोस्टि समेत रहेका थिए । प्रतिष्ठानमा लामो समयसम्म रेडियोलोजी विभागको प्रमुखमा रहेर काम सफलतापूर्वक निर्वाह गरेका थिए ।
उनी दक्षिण एसियाली रेडियोलोजिष्ट एशोसिएशनका अध्यक्ष समेत भइसकेका थिए । उनले रेडियोलोजिस्ट क्षेत्रमा राम्रो काम गरेवापत गोल्डमेड पाएका व्यक्ति हुन् ।
डा सिह भन्छन्–‘उनको निधनले प्रतिष्ठानलाई मात्र हैन, राष्ट्रलाई नै ठूलो क्षति पु¥याएको छ, उहाँप्रति समाजको तर्फबाट हामी हार्दिक समवेदना प्रकट गर्दछौ ।’
अख्तियारको टोलीले ८ लाख घुससहित रंगेहात ८ लाख घुस लिएको पाएपछि उपकुलपति पदबाट निलम्बित भएका थिए । तर सार्वोच्च अदालतले ‘स्टिङ अप्रेशन’ लाई मान्यता नदिने निर्णय गरेपछि यो मुद्धाबाट उनले सफाइ पाएका थिए । मंगलबार उनी प्रतिष्ठान आउने तयारीमा रहेको परिवारले जनाएको छ ।