‘संविधानको मर्म अनुरुप प्रदेश खारेज हुदैन’

  • साउन ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले संघीयता खारेजको कुरा अनर्गल हल्ला भएको बताएका छन् ।

मंंगलबार विराटनगरमा प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले नेपालको संविधानको मर्म अनुसार संघीयता भएको र संघीयताको विषयमा सबै दलको सहमति भएकोले यस्ता अनर्गल हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।

उनले भने–‘संविधानको मर्म अनुरुप संघीयता कायम भएको हो,संविधान हामीले सहमतिमा बनाएका हौं, हामी सहमति भन्दा बाहिर जाँदैनौ ।’

उनले कसैलाई खारेज गर्नुपर्छ भन्ने लाग्दैमा खारेज नहुने बताए । उनले भने–‘हाम्रो संविधान संशोधनीय छ तर एउटाले चाहेर मात्र हुने कुरा होइन ।’

अर्को प्रसङ्गमा नेता पोखरेलले गोपनीयताका कारणले गर्दा नेकपा एमालेका अर्थ तथा योजना विभागका सदस्य एम.अधिकारीको फोटो सार्बजनिक नगरेको प्रष्टीकरण दिएका छन् । यतिधेरै बिबाद हुँदा पनि गभर्नरले नैतिकता नदेखाएको र एमालेले एम अधिकारीको फोटो किन सार्वजनिक नगरेको भन्ने प्रश्नमा नेता पोखरेलले गोपनीयताको प्रसङ्ग उठाएका हुन् । ‘व्यक्तिले आफ्नो के हो भनेर पोजिशन बताएका छन्, सम्बन्धित दलले आफ्नो पोजिशन बताएको छ,’ उनले भने, ‘भनेपछि त्यसमा अरु किन खनजोत धेरै ?’ उनले राज्य सञ्चालनसँग गाँसिएका कुरामा गोपनीयता हुने भएकोले एम.अधिकारीको गोपनीयता कायम गरेको बताए । ‘गोपनीयता हुुँदैन कतिपय राज्य सञ्चालनसँग गासिएका कुरामा ?’ उनले भने ‘ राजनीतिक दलहरुभित्र यस्ता कतिपय कुराहरु हुन्छन्, सबै सार्वजनिक गर्नुपर्छ भन्ने हुन्छ ? हुदैन नी !’

उनले आगामी हुने प्रदेशको निर्वाचनमा गठबन्धन दलसँग नेकपा एमाले एक्लै भएपनि प्रतिष्पर्धामा उठ्ने बताए । उनले भने–‘स्थानीय तहको निर्वाचनमा पनि हामीले सम्मानजनक सिट ल्याएका छौं, संघ र प्रदेशको निर्वाचनमा त्यो भन्दा राम्रो पोजिसन हाम्रो आउँछ ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved