विराटनगरमा एक बर्षीय बालिकाको अपहरण

  • साउन ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मोरङको विराटनगरमा एक बर्षीया बालिका अपहरणमा परेकी छन् । सोमबार विहान ८ बजे अपहरणमा परेकी उनको अवस्थाबारे प्रहरीले अझै पत्ता लगाउन सकेको छैन ।

प्रहरीका अनुसार विराटनगर–१३ रोड शेषकी ममता यादवकी छोरी निकिसा यादव सोमबार बिहान ८ बजे अपहरणमा परेकी हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाले बालिकाको अपहरण भएको जानकारी आएसँगै अपहरणकारीको खोजतलासीलाई तिब्रता बताएको बताए । उनले भने ‘बालिकाको अपहरण भएको जानकारी पाउनेवित्तिकै हामीले खोजतलासलाई तिब्रता दिएका छौ, हामी अपहरणकारीको नजिक पुगिसकेका छौं । उनले बालिकाको अपहरणको गम्भीर अनुसन्धानमा लागेको बताए । उनले भने ‘प्रहरीको अनुसन्धान टोली अपहरणकारीको नजिक पुगेको छौ, चार्ड हामी अपहरणकारीलाई पक्राउ गर्न सफल हुनेछौ ।’

बालिकाको बुबा दीपेन्द्र यादवले निकिसालाई रोड शेषनजिकै रहेको चियापसल पु¥याएका थिए । दीपेन्द्रको चिनजानमा रहेकी एक महिलाले निकिसालाई लिएर फरार भएको प्रहरीको भनाइ छ । के कारण बच्चालाई अपहरण गरेको हो भन्ने खुल्ननसकेको प्रहरीले जनाएको छ । बच्चा लिएर बेपत्ता भएकी युवती मोरङ, सुनसरीकै क्षेत्रमा रहेको प्रहरीको भनाइ छ ।

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved