किरात राई यायोख्खाद्वारा आन्दोलनको घोषणा

  • असार ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नामाकरणको राजनीतिक छलफल चलिरहेको प्रदेश १ मा किरात प्रदेशको पक्षमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

इतिहास, सस्कृति, भूगोल र सभ्यताको आधारमा प्रदेशको नाम किरात राख्न दवाब दिने उद्देश्यले किरात राई यायोक्खाले जनप्रदर्शन, मोटरसाइकल र्‍याली, मुख्यमन्त्री र प्रदेश सभाको कार्यालय घेराउ गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

धरानमा पत्रकारसम्मेलन गर्दै यायोक्खाले असार ३१ मा मोटरसाइकल र्‍याली, साउन २ गते धरान, इटहरी हुँदै प्रदेश राजधानी विराटनगर पुगेर मुख्यमन्त्री र प्रदेश सभाको कार्यालय घेराउ गर्ने साथै कोणसभा गर्ने, साउन ३ गते मुख्यमन्त्री, पार्टीका सम्सदीय दलका नेता, प्रदेश सभा सदस्यहरुको उपस्थितिमा किरात सभ्यता नामक पुस्तक सार्वजनिक गरिने कार्यक्रम यायोक्खाले सार्वजनिक गरेको छ ।

सम्विधानको भावना इन्कार गर्ने, इतिहासको लामो कालखण्डसम्म रहेको वल्लो किरात, माझ किरात र पल्लो किरातको अस्तित्वलाई वेवास्ता गर्ने गरी पहिचानलाई निस्तेज गर्ने उद्देश्यले राजनीतिक दलले प्रदेशको नाम कोशी र सप्तकोशी भन्दै छलफल चलाइएको प्रति आपत्ति रहेको यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले बताए । उनले किरात नामलाई ऐतिहासिक सभ्यताका रुपमा बुझेर नामाकरण गर्न ध्यानाकर्षण गराए । उनले भने–‘किरात नामलाई ऐतिहासिक सम्भवताको रुपमा बुझेर नामाकरण गर्दा सबैको लागि उपयुक्त हुन्छ ।’

धरानमा चुम्लुङ र यायोक्खाको छलफल, प्रदेशको नामाकरणका सवालमा एक मत
पदेश नं. १ को नामाकरणको विषयमा पहिचानवादीहरुले पहिचानको आधारमा नामाकरण हुनुपर्ने माग राख्दै आएको बेला किरात राई यायोख्खा र किरात याक्थुङ चुम्लुङ भने नामाकरणका विषयमा एकै ठाउँमा उभिएका छन् ।

किरात राई यायोक्खाको सभा हलमा भएको छलफलमा प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्नेमा विषयमा दुई संस्थाबीच सहमति भएका हुन् । किरात याक्थुङ चुम्लुङका संस्थापक सदस्य नरप्रसाद लुम्फङवा लिम्बुले पहिचान हराउने गरी प्रदेशको नामकरण हुनु नहुने भन्दै अहिले आएका प्रस्तावित नाम कोशी र सगरमाथा नभई पहिचानको आधारमा लिम्बुवान किरात हुनुपर्ने बताए ।

उनले भने–‘पहिचानबाहेक अर्को विकल्प छँदैछैन, त्यस्तो हुन नदिन पहिचानवादी सबै एकै ठाउँमा उभिनुपर्छ ।’

छलफलका अर्का सहभागी तीर्थ मादेम्बाले प्रदेश १ को नाम पहिचानको आधारमा राख्न माग गर्दै बृहत् जनप्रदर्शनमा सहभागी भएर दबाब दिनुपर्ने बताए । उनले भने–‘किरात लिम्बुवान सम्प्रदायिक नाम हुँदैन, यो पहिचान हो, पहिचानविनाको नामाकरण मान्य हुने छैन ।’ उनले कोशी प्रदेश नाम राख्दा ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानलाई सम्बोधन गर्ने नाम राख्नुपर्नेमा जोड दिए । चुम्लुङका केन्द्रीय सदस्य सङ्गीता सुब्बाले पहिचानको आधारमा प्रदेश १ को नामाकरण नभए आन्दोलन गर्न तयार रहेको बताएकी थिइन् ।

किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईले छलफलबाट साझा धारणा निस्केको बताए । उनले भने–‘छलफल सकारात्मक भएको छ, पहिचानको आधारमा प्रदेश १ को नामाकरणमा छलफल टुंगिएको छ ।’ उनले अव किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाले साझा अवधारणा बनाएर पहिचानको आधारमा नामकरण हुने गरी दबाबमा उत्रने बताइएको छ । उनले भने–‘साउन ५ गते प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने माग गर्दै बृहत् जनप्रदर्शन हुँदैछ, जनप्रदर्शनमा साझा अवधारणाका साथ कियाचु र किरायाले पनि सहभागिता जनाउने छलफलमा सहमति भएको छ ।’

धरानमा गर्मीका कारण ...

धरान/ कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्य ...

मोरङमा २२ वर्षीय यु ...

विराटनगर/ मोरङको रतुवामाई नगरपालिका–७ मा एक ...

डिएसपी हुँ भन्दै छ ल ...

सुनसरी/ नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसप ...

कोशी गाउँपालिकामा नै ...

सुनसरी/  सुनसरीको कोशी गाउँपालिका–६ मा &lsqu ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved