महासङ्घ अध्यक्षमा पुनः परदेशी

  • असार ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समिति अध्यक्षमा सुरेन्द्र लिम्बू परदेशी पुनः सर्वसम्मतरूपमा चयन भएका छन् ।
भानुजयन्ती तथा गुरु पूर्णिमाको अवसरमा बुधबार जुममा आयोजित भर्चुअल कार्यक्रमबाट उनी अध्यक्षमा छानिएका हुन् । नवगठित समितिका वरिष्ठ उपाध्यक्षमा डा लेखनाथ काफ्ले (ताइवान), उपाध्यक्षहरूमा डेन्जोम साम्पाङ (अमेरिका), विजय हितान (बेलायत) र गोविन्द गौतम (रसिया) छानिएका छन् ।

यस्तै, समितिका महासचिवमा सुनिता राई कन्दङ्वा (इजरायल), सचिवमा डा मनमूर्ति भुर्तेल (रसिया), सहसचिवमा डा नाज सिंह (रसिया) र कोषाध्यक्षमा के.बी. पौडेल (नेपाल) लाई छानिएको छ । यसैगरी, दामोदर ढकाल दीपक (नेपाल) लाई साहित्य सञ्चार संयोजकका रूपमा छानिएको छ ।

समितिका सदस्यहरूमा राहुल राई बोगिको (भारत), कल्पना पौडेल जिज्ञासु (नेपाल), अमित चाम्लिङ राई (कुवेत), लक्ष्मण न्यौपाने (म्यान्मार), मोहनराज खनाल (म्यान्मार), आरएल श्रमजीवी (बेलायत), रितादेवी प्रधान (अमेरिका), लालसुन्दर राई (बेलायत) र अमित थेबे (बेलायत) छानिएका छन् । अन्य सदस्यहरूमा पूर्णिमा जी शाह (हङकङ), सुमित्रा थामी अविरल (भारत), देवीबहादुर इङनाम (जापान), कपिल अधिकारी (ताइवान), भीम विरही राई (नेपाल), कृष्णप्रसाद गौतम (नेपाल), नवराज न्यौपाने (नेदरल्यान्ड), यादु अधिकारी (अमेरिका), प्रेम कटुवाल (कुवेत) र देवीका मंग्राती राई (भारत) लाई छानिएको नवनिर्वाचत अध्यक्ष परदेशीले जनाए ।

त्यस क्रममा विभिन्न देशमा रहेर नेपाली भाषा–साहित्यको सेवा गरिरहेका नौजनालाई केन्द्रीय पार्षद्का रूपमा चयन गरिएको छ भने सल्लाहकारहरू पनि चयन गरिएको छ ।
समालोचक प्राडा गोविन्दराज भट्टराई संयोजक तथा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा भीम खतिवडा र सिक्किम विश्वविद्यालयकी डीन प्राडा कविता लामा सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले पुरानो समितिको कार्यकाल समाप्त भएको जानकारी गराउँदै नयाँ समिति घोषणा गरेको हो । नयाँ समितिको घोषणापछि निर्वाचन समितिका संयोजक प्राडा भट्टराईले मन्तव्यसहित नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए । त्यसपछि महासङ्घको विधानअनुसार सर्वसम्मत तवरले चयन भएको समितिलाई आधिकारिकता प्रदान गर्न प्राडा खतिवडाले कार्यक्रम सञ्चालन गरे । शपथ ग्रहणपछि नवगठित समितिका अध्यक्ष परदेशीले आफ्नो १० बुँदे प्रतिबद्धता प्रस्तुत गरेका थिए ।

धरानमा गर्मीका कारण ...

धरान/ कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्य ...

मोरङमा २२ वर्षीय यु ...

विराटनगर/ मोरङको रतुवामाई नगरपालिका–७ मा एक ...

डिएसपी हुँ भन्दै छ ल ...

सुनसरी/ नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसप ...

कोशी गाउँपालिकामा नै ...

सुनसरी/  सुनसरीको कोशी गाउँपालिका–६ मा &lsqu ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved