धरान । जनता समाजवादी पार्टी नेपालका आम नेताकार्यकर्ता कुनै पनि हालतमा यतिवेला पार्टी फुटको पक्षमा छैनन् । बरु अहिले पार्टी भित्र देखिएको सबै प्रकारका वादविवादलाई अन्त्य गरेर आउदै गरेको स्थानीय निकायको चुनावमा भाग लिएर काङ्ग्रेस एमाले माओवादी जस्ता यथास्थितिवादी पार्टीलाई हराउदै सत्तामा पुगेर पार्टीले उठाएको मुल मुद्दा सङ्घियता,शुशासन, समृद्धि र समाजवाद सहित समुन्नत समाजवादको दिशानिर्देश गर्नुपर्ने दृढता लिएकाछ्न ।
पार्टी फुटको हल्ला, नेतृत्वमा एकाअर्का बीच सम्वादहिनताको अबस्थामा पार्टी प्रमुख अङ्ग १०ं१ राष्ट्रिय समितिले नेतृत्व संग प्रत्येक्ष भेट गरि ध्यानाकर्षण गराउदै पार्टी फुट्नु हुन्न भनेर बारम्बार छलफल चलाइयो तर कुनै सुनवाइ भएन ।
पार्टी भित्र कुनै पनि तहका नेताकार्यकर्ता बीच पार्टी फुट्नुहुन्न भन्ने कामना हुदाहुदै तपाई बाबुराम भट्टराई,उपेन्द्र यादव,अशोक राइको व्यक्ति स्वार्थमा पार्टी फुट्नु हुन्न न यो मुद्दामा केन्द्रित छ न सिद्धान्त कुनै भिन्नता न मतभेद अनि तपाइँको व्यक्ति स्वार्थमा होकि भन्ने आम नेताकार्यकर्ताको संका छ।
मैले मात्रै हैन बाबुराम भट्टराई उपेन्द्र यादव अशोक राई नेपाली उत्पीडित जनताको न्याय अधिकार समनता र समतामूलक समाज निर्माण बिकाश र समृद्धिका नक्षेत्र खम्बा हुन जसले हिमाल पहाड र मधेसको प्रतिनिधित्व गर्दै आएकाछ्न।, नेपाली राजनीतिमा बाबुराम भट्टराई ,उपेन्द्र यादव,अशोककुमार राई तिनैजना नेता अहिलेसम्म भएका सबै पार्टी र तिनका नेतृत्वहरु नस्लिय अहंकार बाट मुक्त भइ उत्पीडित जनतालाई एकताबद्ध गराएर समाजमा भएको सबै प्रकारको विभेद दमन उत्पीडन अन्याय अत्याचार बहिष्कार र बहिस्करणको अन्त्यगर्दै समानता,सामाजिक न्याय देशको बिकाश र समृद्धिको लागि लाग्ने उत्पीडित समुदाय र उत्पीडक बर्गका सचेत र अग्रगामी र रुपान्तरित नेतृत्वमा पर्दछ्न भने बैकल्पिक शक्ति निर्माणकार्यमा लामबद्द असल नेता हुनभन्ने कुरा म लगायत आम नेपाली उत्पीडित जनताको बुझाइ हो। यिनी तिन नेता बाबुराम भट्टराई ,उपेन्द्र यादव,अशोककुमारहरुको एकतापुर्ण संघर्ष नै आजको आवश्यकता हो ।
पार्टी फुटेको संघारमा अहिले बजारमा चलेको हल्ला बाबूराम आत्मारतिमा भुल्ने मनोरोगी उपेन्द्र यादव क्षेत्रीयतावादी, अशोक राई ढुलमुले दाउपेजवादी भनेर हिलो क्षेपाक्षेप गरेर एकाअर्का बीच फाटोको अबस्थामा पुगेको छ के यो यथार्थ होत यो कदापि होइन र यिन तिनै नेताको पार्टी अलग गर्ने नियति हुदैहौन हो चाहिँ केत बाबुराम भट्टराई ,उपेन्द्र यादव अशोक राइ यी तीन नेताका किचन क्याबिनेटका भएका केही लोभि पापी लाई जसपा सिङ्गो पार्टीको रूपमा रहदा आफ्नो अबसर नआउने आफुलाइ भाग तत्काल केही नपाउने छट्पटीले गर्दा पार्टी फुटाएर भए पनि केही नकेही अबसर लिने लोभीपापी मनसाय बाट प्रेरित भएको देखियो र त्यसका लागि बाबुराम भट्टराई उपेन्द्र यादवलाई प्रयोग गर्न खोजेको देखियो। यही कारण हो पार्टी फुटको अबस्था सृजना हुनु ।
देशको आवश्यकता देशको मुहार झल्कने नेतृत्वहरुमा हिमाल,पहाड़,तराई,महिला,शिल्पीरदलित एकतावद्ध भएको नेतृत्व सहित बनेको जसपा आम उत्पीड़ित शिल्पीरदलित , महिला,मुस्लिम,अल्पसंख्यक,सीमान्तकृत आदिवासी जनजाति खस(आर्य लगायतका वर्ग,जाती, क्षेत्र र समुदायको समानान्तर समान हैसियतमा राष्ट्रिय राजनीतिको मूल धारमा चौथो शक्तिको रूपमा निर्माणधिन पार्टीको आगामी कार्यदिशा बनाएर समानुपातिक समावेशीता शुशासन,समृद्धि पहिचान सहितको संघीयता सर्वजातिय समाजवादको बाटो मा अघि बढनु पर्ने तीब्र इच्छा आशा उदेश्य र लक्ष्य र कार्यदिशाको पर्खाइमा छ्न ।
तर त्यसको ठिक बिपरित पार्टीका तीन शिर्ष नेतृत्व बाबुराम भट्टराई उपेन्द्र यादव अशोक राई एकले अर्कोलाई बेवास्ता गर्दै कस्को शक्ति कति भनेर पाखुरा सुर्किनु केटाकेटी पन देखाउदै पार्टी विभाजनको तयारी सम्म पुग्दा आम नेताकार्यकर्तामा अपमान होभने जनताको चाहाना देशको आवश्यकता पहिचान लोकतन्त्र। संघीयता, गणतंत्र, समावेशीताको मुद्दानै धरापमा पर्नेभो भन्ने आम नेताकार्यकर्ताको बुझाइ हो ।
हरेक संसदीय व्यवस्था लोकतान्त्रिक मुलुकमा राजनीति पार्टीले उठाएको माग र मुद्दा लिएर जनताकोमा पुग्ने र जनताको मतले त्यसलाई अनुमोदन गरेको सत्तामा पुर्याउने र तिनको नेतृत्वले गर्ने कार्यले देश र जनताका आगामी दिनको भाग्य र भबिस्य निर्धारण गर्ने काम गर्दछ । करिबकरिब नेपालको सत्तरी पचहत्तर बर्षमा अनेकन राजनीति परिवार आयो सत्ता फेरबदल भए तर शासन पद्धति उहीँ रह्यो दुई सय पचास बर्से जहानिय सत्ता परिवर्तन भयो सरकार र साशक फेरि तर शासन र प्रवृत्ति फेरिएन जसको कारण दलित बनाईएका शिल्पी लगायतका उत्पीडितको न्याय र मुक्तिको कुरा दिवा सपना भए । यसको मुल कारण भनेको हरेक राजनीति पार्टीमा एकलौटी एकजातिय एक क्षेत्रीय एक भाषिय एक धार्मिय बर्चस्व रहयो जो नेपाली समाजमा उत्पीडकको रूपमा रहेको छ ।
नेपाल बहुराष्ट्रिय बहुजातीय,बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र क्षेत्रीय विविधतायुक्त हिमाल,पहाड, मधेस,भित्री मधेस मिलेर बनेको अत्यन्तै सुन्दर समाज र रमणीय भूगोलको छ यसलाई यथास्थिति बाट रुपान्तरण गरेर अझ विकसित बनाउनु हरेक पार्टी संगठन र तिनको नेतृत्वको जिम्मेवारी हो यसलाई आत्मसात नगर्नु नगराउनु अहिलेसम्मका नेतृत्व तहका शिर्ष व्यक्तिको अक्षमताको पराकाष्ठा हो।
क्रमशः