धरान । मोरङ प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित गरेकोे छ ।
प्रदेशसभाको आइतबार बसेको बैठकले विधेयक पारित गरेको हो । ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको अनुमानित प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा शहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रूपैयाँ खर्च कटौतीको प्रस्ताव सदनमा पेश गरेका थिए । सांसद न्यौपानेले राखेको प्रस्ताव अस्वीकृत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राखेको विनियोजन विधेयक पारित गर्न राखेको प्रस्तावमाथिा बहुमत सांसदलो सहमत जनाएपछि पारित भएको हो ।
बैठकमा उठका सांसदहरूको प्रश्नमाथि मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित अन्य १२ जना मन्त्रीले जवाफ दिएका थिए ।
सरकारको जवाफपछि खर्च कटौतीको प्रस्ताव दर्ता गराउन आइतबार १२ बजेसम्मको लागि सभामुख प्रदीपकुमार भण्डारीले समय दिएका थिए । शनिबारको संसद बैठक झण्डै ५ घण्टा लामो चलेको थियो ।