धरानको आ.व. ०७९/८० को नीति तथा कार्यक्रम पारित: असार २३ मा नगरसभा

  • असार १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले ११ औ नगरसभाबाट नीति तथा कार्यक्रम पास गरेका छन् । बजेट भने नगरसभामा प्रस्तुत गरिएको छ । आगामी नगरसभाले बजेट पास गर्ने बताइएको छ ।

शुक्रबार सुनसरी उद्योग वाणिज्य संघको हलमा ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।

नीति तथा कार्यक्रममा धरानको धार्मिक, साँस्कृकृतिक, वहुभाषिक, शिक्षा, पर्यटन लगायतलाई समेटिएको छ । धरान उपनगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा धरानको बहुसाँस्कृतिक, बहुजातीय, बहुभाषिक संग्राहलयको रुपमा विकास गर्न पुर्वाधार निर्माण गर्ने कुरालाई उल्लेख गरिएको छ । निर्माण गर्दा बहुसाँस्कृतिक पहिचान र मौलिकता झल्किने बास्तुकला, मुर्तिकला, चित्रकला जस्ता प्रतिकहरु निर्माणसहित बहुसाँस्कृतिक पार्क निर्माण गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा युवा लक्षित कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । जसर्मा विदेशबाट फर्किेका युवाहरुको सिप र ज्ञान सदुपयोग गर्दै स्वरोजगार बनाउने कुरालाई नीति तथा कार्यक्रममा समेटिएको छ । ‘विदेश हैन विजनेश भन्ने’ भावना जागृत गराई युवालाई स्थानीय स्तरमै स्वरोजगारी बनाउने कुरालाई समेटिएको छ ।

यसैगरी शिक्षाको क्षेत्रमा समेत नीति तथा कार्यक्रमले प्राथमिकता राखेर समेट्ने प्रयास गरेको छ । शिक्षातर्फ स्थानीय शिक्षा पाठ्यक्रम लागु गर्ने र त्यसमा अतिरिक्त क्रियाकलाप र विविध समुदायका जातीय तथा साँस्कृतिक पहिचानहरुको बोध गराउन अवलोकन भ्रमण पद्धतीबाट अभ्यास कक्षा र प्रयोगात्मक शिक्षा दिन जोड दिने उल्लेख छ भने ट्राफिक नियमलाई पाठ्यक्रममा समावेश गरिने, नगर प्रमुख सहायता कोष निर्माण गरेर विपन्न बालबालिकाहरुलाई निःशुल्क शैक्षिक सामग्री, पोशाक तथा छात्रवृत्ति व्यवस्था गरी सिपमुलक शिक्षा दिनुका साथ धरान १३ स्थित सत्यसाई स्कुलसँगको सम्झौता अनुसार साइन्स पार्क निर्माण कार्य अघि बढाइने कुरालाई नीति तथा कार्यक्रममा समेटिएको छ । आर्थिक अभावका कारण बीचैमा विद्यालय छोड्ने विद्यार्थीहरुलाई शिक्षा पुरा गर्न प्रोत्साहनको लागि प्याकेज सञ्चालन गरिने समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

शारीरिक व्यायामको अभाव कारण हुने रोगलाई लक्षित गरी उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा एक वार्डमा एक व्यायामशाला निर्माण गर्ने नीति कार्यक्रममा समेटिएको छ । धरानलाई सडक मानवमुक्त नगर पनि बनाइने बताउने, एक वडा एक बाल उद्यान निर्माणलाई नीति तथा कार्यक्रमलाई प्रमुखतामा राखिएको छ ।

नागरिकको स्वास्थ्यलाई पनि उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा समेटिएको छ । धरानमा रहेका मृगौला, मुटु, उच्चरक्तचाप, मधुमेह जस्ता दीर्घरोगीका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानबाट निःशुल्क जाँच र उपचार प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रस्तुत नीति तथा कार्यक्रममाथि ४ जना नगरसभा सदस्यहरुले सुझाव दिएका थिए । सो सुझावलाई समेट्ने बताउदै नगर प्रमुख हर्कराज राई नीति तथा कार्यक्रम पारित गर्न नगरभामा पेश गरेपछि सदस्यहरुले सर्वसम्मतरुपमा पास गरेका थिए ।

प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीको समुपस्थितिमा प्रस्तुत गरिएको नति तथा कार्यक्रमपछि नगरसभामा आव ०७९ / ८० को अनुमानित बजेट समेत सभामा पेश गरिएको थियो । २०७९÷८० को अनुमानित बजेट १ अर्व ६८ करोड, ५८ लाख २३ हजार रहेको थियो । चालू बर्षको तुलनामा आर्थिक बर्ष २०७९/८० बजेट ३५ करोड कम रहेको छ । चालू आर्थिक बर्षमा धरानको बजे २ अर्व ३ करोड ६४ लाख रहेको थियोे । अर्को नगरसभा आगामी असार २३ गते बस्ने गरी ११ नगरसभा सम्पन्न भएको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved