वडावासीलाई निःशुल्क आखा शिविर

  • असार ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वडाबासीका स्वास्थ्यका लागि धरान उपमहानगरपालिका वडा नं. १४ ले निःशुल्क आखा शिविरको आयोजना गरेको छ ।

नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा इटहरी आखा अस्पतालको सहयोगमा निशुल्क आखा शिविर एवम् चश्चा वितरण कार्यक्रमको आयोजना गरेको हो ।

वडामा रहेका दीर्घरोगी तथा अन्य आखाका समस्या भएकालाई लक्षित गरी धरान १४ ले निःशुल्क आखा शिविरको आयोजना गरेको जनाइएको छ ।

विगतदेखि नै विभिन्न संघ संस्थासंग समन्वय गरेर विभिन्न प्रकारका निशुल्कस्वास्थ्य शिविको आयोजना गर्दै आएको वडाले निर्वाचित भएर आएपछि भने आखाका समस्या भएका सर्वसाधारणलाई लक्षित गरी आखाको शिविरको आयोजना गरिएको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । आखाका अन्य समस्यासंगै मोतिया विन्दु भएकाहरुलाइ निःशुल्क चस्मा तथा शल्यक्रिया वडाबाडै गरिने उनको भनाई थियो ।

वडाले स्वास्थ्यको क्षेत्रमा विभिन्न स्वास्थ्य सम्बन्धी संघ संस्थासंग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको प्रति नेपाल नेत्रज्योतिसंघ प्रदेश नं. १ का सचिव जयप्रसाद निरौलाले प्रशंसा गरे । उनले वडाले संघलाई आग्रह गरका कारण यो शिविरमा सहयोग गरिएको बताए ।

शिविरमा आएकाहरुलाई स्वास्थ्य सेवासंगै निःशुल्क चश्मा वितरण गरिने भएको छ भने आखाको शल्यक्रिया गर्नुपर्ने भएमा वडाको समन्वययमा इटहरी आखा अस्पतालले निशुल्क गरिदिने भएको छ ।

धरान १४ ले यो भन्दा अगाडि पनि विभिन्न प्रकारका शिविरको आयोजना गर्दै आएको छ । वडाको सर्वाङिग विकाससंगै सर्वसाधारणलाई स्वास्थ्यको पहुच पु¥याउनु पनि जनप्रतिनिधिहरुको कर्तव्य हो, यस मामलामा अन्य वडाभन्दा धरान १४ धेरै अगाडि रहेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved