धरान । जिल्ला समन्वय समिति इलाममा नेकपा एमालेका जयप्रकाश राई विजयी बनेका छन । उनले नेपाली कांग्रेसका विमल वैद्यलाई हराउँदै विजयी वनेका हुन । उपप्रमुखमा नेकपा (एस)की चित्रकला बराइली निर्वाचित भएकी छिन । उनले केंग्रेसकी कमला अधिकारी बराललाई हराउँदै विजयी वनेकी हुन ।
त्यस्तै सदस्यहरुमा एमालेका प्रेम राज गुरूङ, शेर बहादुर खालिङ, राम प्रसाद लिम्बु, सिता कार्की र मिना कुमारी राई निर्वाचीत भएका छन भने नेकपा (एस) का तृष्णा लोहार र सपना देवि राई शेर्पा निर्वाचित भएका हुन । प्रमुखमा एमालेका राईको १२ मत आउँदा उपप्रमुखमा एसकी बराईलीको १३ मत आएको थियो भने कांग्रेसका वैद्यको ८ र अधिकारीको ७ मत आएको थियो । महिला सदस्यमा एमाले र एसका उम्मेद्वार मिना कुमारीको १२ मत आउँदा अरु दुई सदस्यले १३÷ १३ मत प्राप्त गरेका छन भने कांग्रेसका दुई उम्मेद्वारले ७÷७ मत प्राप्त गरेका छन । त्यस्तै दलित महिला सदस्यमा कांग्रेसकी पार्वती विकको ७ मत आएको थियो भने नेकपा एसकी उम्मेद्वारले १२ मत प्राप्त गरेकी थिईन । सदस्यहरुमा एमालेका तीन उम्मेद्वारले १२÷१२ मत प्राप्त गर्दा कांग्रेसका राजकुमार लिम्बु र विष्णु प्रसाद भट्टराईको ८÷८ मत आएको थियो ।
जिसस निर्वाचनमा इलाममा नेकपा एमाले र नेकपा (एस)ले तालमेल गरी उम्मेदवारी मनोनयन दर्ता गराएको थियो भने काङ्ग्रेसले एक्लै मनोनयन गरेको थियो ।
एमाले र नेकपा (एस)को गठबन्धनमा एमालेले प्रमुखसहित ६ पदमा र नेकपा (एस)ले उपप्रमुख तथा २ सदस्यमा उम्मेदवारी दिएको थियो भने काङ्ग्रेसले ९ मध्ये ७ पदमा मात्र उम्मेदवारी दिएको थियो ।
जिल्लाका १० स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी २० जना जिससको उम्मेदवारका मतदाता रहेका थिए । २० जनामध्ये एमाले–नेकपा (एस) गठबन्धनतर्फ १२ मतदाता, कांग्रेसतर्फ ७ जना र जसपाका १ जना रहेका थिए । यसअघि पनि सूर्याेदय नगरको कार्यपालिका गठनमा एमाले र नेकपा (एस)को गठबन्धन बनेको थियो । गठबन्धनका सबै उम्मेदवारले कार्यपालिकामा विजय हासिल गरेका थिए । जिससमा भएको तालमेल स्थानीय तह निर्वाचनको गठबन्धन बीपरितको गठबन्धन भएको हो ।