देशको अर्थतन्त्र उकास्न मारवाडी युवाको जनप्रतिनिधिलाई आग्रह

  • जेठ २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल वामपन्थी युवा संगठन मोरङले देशको अर्थतन्त्र डावाडोल बन्दै गएको बताएका छन् । संगठनले मोरङको विराटनगर महानगरपालिकाबाट एमालेको तर्फबाटक निर्वाचित जनप्रतिनिधिहरुलाई मुलुकको अर्थतन्त्र दिनहुँ ओरालो लागेको बताउदै यसतर्फ ध्यान दिन आग्रह गरेका हुन् ।

सो अवसरमा बोल्दै संंगठनका अध्यक्ष अरुण राठीले देशको अर्थतन्त्रलाई सवलीकरण गर्दै एमालेले लिएको समृद्ध नेपाल सुखी नेपालीको दिशाामा अघि बढाउन आग्रह गरे ।

उनले भने–‘देशको अर्थतन्त्रलाई उकास्नका लागि युवा लक्षित कार्यक्रमलाई अगाडि बढाउने नीति अगाडि बढाउन सक्नुपर्छ, यसतर्फ जननिर्वाचितहरुले प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ ।’

आइतबार विराटनगरमा एक कार्यक्रममको आयोजना गरि संगठनकातर्फबाट युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्न माग गरेका हुन् ।

कार्यक्रममा मारवाडी समुदायका अगुवा महिलाहरुले उपमेयर कार्कीलाई चुनरी ओढाएरसमेत सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी नेकपा (एमाले) का स्थायी कमिटी सदस्य गुरु बरालले उद्योग व्यवसायका क्षेत्रमा अब्बल मारवाडी समुदाय राजनीतिमा समेत सकृय सहभागिता जनाउनुपर्नेमा जोड दिए । उनले एमालेले मारवाडी समुदायलाई प्रथामिकतामा राखेको बताए ।

युवाहरुको कुरा सुनिसकेपछि एमाले केन्द्रीय सदस्य विनोद ढकालले आर्थिक राजधानीको पहिचान बनाएको विराटनगर पछिल्लो समय ओझेलमा परेको बताउँदै देशकै आर्थिक मेरुदण्ड मनाउने दिशामा अघि बढ्न मारवाडी समुदार र एमाले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । उनले भने–‘विराटनगरको आर्र्थिक विकासमा मारवाडी समुदायको भूमिका महत्वपूर्ण छ, अझ मारवाडी युवाहरुको सक्रियता बढ्न सके लक्ष्य अनुसारको विकास हुन सक्छ ।’

केन्द्रीय सदस्य तथा आर्थिक विभाग प्रमुख मोतिलाल दुगडले कांग्रेसलगायत अन्य पार्टीले मारवाडी समुदायलाई भोट बैंक र आर्थिक लाभका लागि मात्र प्रयोग गर्दै आएको बताउँदै एमालेले मात्र सो समुदायलाई सम्मान दिएको दावी गरे । उनले भने–‘काँग्रेस माओवादी भन्दा एमालेले आर्थिक सम्बृद्धिमा बढी ध्यान दिएको छ, नवनिर्वाचित जनप्रतिनिधिले यसलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्नुहुन्छ भन्ने हामीलाई लागेको छ ।’

कार्यक्रममा नेकपा (एमाले) विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले प्राविधिकरुपमा मेयरमा पराजित भएपनि उपमेयरसहित कार्यपालिकामा एकल बहुमत रहेकाले अब महानगर एमालेकै नेतृत्वमा रहेको बताए । उनले महानगर एमालेकै नेतृत्वमा रहेकाले आगामी पाँच वर्षमा सवैको अपनत्व हुनेगरी विराटनगरको चौतर्फी विकासमा लागि पर्ने बताए ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य तथा बामपन्थी मारवाडी युवा संगठनका संस्थापक अध्यक्ष मनोज अग्रवालले मारवाडी समुदायमा राजनीतिबाट टाढा रहने संस्कार रहेकाले राजनीतिमा सकृय सहभागिता जनाई त्यसलाई चिर्नुपर्ने बताए । उनले एमालेले मात्र मारवाडी समुदायलाई राजनीतिकरुपमा अवसर प्रदान गरेकाले सम्पूर्ण मारवाडी समुदाय एमालेमा आवद्ध हुनुपर्नेमा जोड दिए । उनले भने–‘एमालेले सबै समुदायलाई समेटेर राजनीतिमा समावेश गरेको छ, मारवाडी समुदाय राजनीतिमा समावेश हुन पनि एमालेको् अग्रणी भूमिका रहेको छ ।’

कार्यक्रममा मारवाडी समुदायका अगुवा राजेश बगडीयाले महानगर कमिटी अध्यक्ष तथा मेयरका प्रत्याशी सागर थापा प्राविधिकरुपले निर्वाचनमा पराजित भएपनि उपमेयरसहित नगरसभामा बहुमत आफ्नो पक्षमा पारेर जितेको बताए । उनले विराटनगरमा मारवाडी समुदायका उद्योगी, व्यवसायीलाई आईपर्ने सवै समस्यामा एमालेले साथ दिने विश्वास व्यक्त गरे ।

सोही अवसरमा नेकपा एमालेबाट निर्वाचित भएका विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निरला कार्की सहित निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

विराटनगर महानगरपलिकामा नेकपा एमालेको तर्फबाट उपमेयर सहित ९ वडाध्यक्ष, ३३ जना वडा सदस्य र कार्यपालिकाको एमालेबाट निर्वाचित उपमेयर शिल्पा निराला कार्की, ९ वडाका वडाध्यक्ष, ३३ जना वडा सदस्य सहित भर्खरै सम्पन्न कार्यपालिकाको निर्वाचनमा निर्वाचित सवै जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

सो अबसरमा एमाले केन्द्रीय सदस्य रामलाल साह, प्रदेश कमिटी सदस्य खेम नेपाली, मोरङ उपाध्यक्ष बाबुराम कार्की, सचिव रुपेश खतिवडालगायत मारवाडी समुदायका अगुवाहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो ।

नेपाल बामपन्थी मारवाडी युवा संगठन मोरङका अध्यक्ष अरुण राठीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव मयुर अग्रवालले सञ्चालन गरेका थिए ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई ।दुबईमा सम्पन्न फिनटेक सम्मेलन २०२ ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved