धरान । संखुवासभाको जिल्ला अस्पतालमा अक्सिजन अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् ।
अस्पतालकै लापार्बाहीका कारण जडान गरिएको अक्सिजन प्लान्ट तीन महिना पनि नबित्दै बिग्रिएपछि जिल्लाका बासिन्दालाई विरामी हुदा धरान वा विराटनगरबाट मगाउनुपर्ने बाध्यता रहेको छ ।
प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जडान गरिएको अक्सिजन प्लान्ट कार्तिक महिनमा जोडिएको थियो । ६८ लाख ५० हजार लागतमा जडान गरिएको प्लान्ट माघ महिनासम्म चलेको थियो । त्यसपछि अक्सिनजन प्लान्ट बिग्रिएर थन्किएको जिल्ला अस्ताल संखुवासभाले जनाएको छ ।
विग्रिएको अक्सिजन प्लान्ट बनाउने जिम्मा पाएको कम्पनि प्रविधि इन्टरनेशनलले ममर्तमा कुनौ चासो नदेखाएपछि दम तथा श्वासप्रश्वासका रोगीहरु सबैभन्दा बढी मारमा परेका छन् ।
अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठका अनुसार अक्सिजन प्लान्ट विग्रिएपछि अस्पताललाई चाहिने अक्सिजन बाहिरबाट भरेर ल्याउनुपर्ने अवस्था आएको बताए । उनले भने–‘जिल्ला अस्पतालमा अक्सिजन आवश्यक परिरहन्छ, प्लान्ट बिग्रिएकोले समस्या भएको छ, धरान वा विराटनगरबाट भरेर ल्याएर चलाउन बाध्य छौं ।’
उनका अनुसार अक्सिजन प्लान्ट सञ्चालन हुँदा दैनिक ५० लिटरका २५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिन्थ्यो । तर अहिले बाहिरबाट अक्सिजन भरेर ल्याउनुपर्दा धेरै समस्या हुने गरेको श्रेष्ठको भनाई छ ।
यता विरामी तथा स्थानीयहरुले लाखौँ खर्च गरेर ल्याएको अक्सिजन प्लान्ट मर्मत नगर्ने कम्पनीलाई कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् ।
खादबारी नगरपालिका निवासी दुर्गा थापाले अक्सिन जस्तो मानवीय जीवतसँग गासिएको कुरालाई अस्पताल तथा ममर्त गर्ने कम्पनीले मर्मत नगर्नु विडम्बना भएको बताए । उनले भने–‘मर्मत नगर्नु भनेको स्वास्थ्यमाथि खेलबार्ड हो, यस्ता कम्पनीलाई कार्वाही गर्न सक्नुपर्छ ।’
उनले सेवाग्राहीलाई समस्या त छँदैछ, भनेको समयमा अक्सिजन पाइएन भने विरामीको ज्यान जानेमात्र हैन अन्यत्र भरेर ल्याउदा महंगो पर्ने भएकोले उपचारमा समेत समस्या हुने गरेको बताए ।
प्रदेश सरकारको सहयोगमा जडान गरिएको सो अक्सिजन प्लान्ट संखुवासभाका १० वटै स्थानीय तहमा भएको स्वास्थ्य संस्थामा अक्सिजन पु¥याउने उद्देश्यले प्लान्ट जडान गरिएको थियो । अक्जिन प्लान्ट उत्पादन गरेसँगै संखुवासभा जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आइसियु) समेत सञ्चालनमा रहेको छ । अहिले आइसियुमा समेत समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।
जिल्ला अस्पताल ५० बेड क्षमताको रहेको छ । जिल्ला अस्पतालमा २४ सै घण्टा पाइपबाट अक्सिजन उपलब्ध गराउने उद्देश्यले प्लान्ट जोडिएको थियो । तर अहिले अक्सिजन प्लान्ट विग्रिएपछि भने अस्पताल तथा सेवाग्राहीलाई समस्या भएको छ ।