‘दलहरुको गल्तिका कारण स्वतन्त्र उमेद्वार हाबी भए’

  • जेठ १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकोे संसदीय दलका नेता भीम आर्चायले दलहरुकै गल्तिका कारण यसपटकको स्थानीय निर्वाचनमा स्वतन्त्र उमेद्वार हावी भएको बताएका छन् ।

उनले दलहरुले पार्टीको संगठनको अवस्था बुझन नसक्नु, जनताको अपेक्षालाई पूरा गर्न नसक्दा स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार विजयी भएको र यसबारे गम्भीर समीक्षा गरेर दलहरु अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

प्रदेश १ प्रदेशसभाको बजेट अधिवेशनमा बोल्ने क्रममा नेता दलहरुप्रति जनताको अविश्वास पैदा हुनु र स्वतन्त्र उमेद्वारले निर्वाचन जित्नु लोकतन्त्रमाथिको प्रहार भएको बताउदै यसले लोकतन्त्र नै कमजोर बन्न सक्ने धारणा राखे ।

दलहरुले काम गर्न नसक्नुले जनताले विकल्पको खोजी सुरु गरेको उनको भनाइ छ । नेता आचार्यले प्रदेश सरकार हराइरहेको अनुभूत भइरहेको बताए । सरकार गठन भएको ७ महिना पूरा हुँदासमेत आफ्नो औचित्य पुष्टि गर्न असफल भएको उनको टिप्पणी थियो ।

नेता आर्चायले अहिले दुई तहको सरकारको आवाज बुलन्द हुँदै गएकाले प्रदेश सरकारको उपस्थिति देखाउन आगह गरे । उनले नामकरण टुग्याउन सरकार असफल रहेको बताए ।

‘सरकारको नेतृत्व बहुमतको कमाण्ड गर्ने भएकाले सत्ता पक्षले नामकरणको विषय टुंग्याउन नसक्नु सरकारको असफलता हो’, उनले भने, ‘सरकार अहिले पनि प्रदेशको नामकरण गर्ने पक्षमा रहेको छैन । चर्का कुरा गर्ने तर नाम राख्न नसक्ने सरकारलाई जनताले दण्डित गर्नुपर्छ ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक सूर्यामाराज राईले दलगतभन्दा माथि उठेर प्रदेशको नामकरण टुंग्याउनुपर्ने बताए । ‘अंक गणितमा नलागी सहमति र सहकार्यमा टुंग्याउनु पर्छ। नामकरणको विषयमा सबैले साझा चासो र कर्तव्यबोध गर्नपर्छ’, उनले भने, ‘यसलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको दायित्व रहेको साझा मुद्दा बनाउनुपर्छ ।’

बालेन र हर्कको उदय लोकतन्त्रको सुन्दर पक्ष भएको उनको भनाइ छ ।

प्रदेश १ प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन सोमबारदेखि सुरू भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्म्बोले आर्थिक वर्ष २०७९÷०८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई ।दुबईमा सम्पन्न फिनटेक सम्मेलन २०२ ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved