बजेट वक्तव्य: धरानमा डाटा सेन्टरदेखी धरान बिराटनगर रेल सञ्चालनसम्म

  • जेठ १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ सरकारले आइतबार प्रतिनिधिसभामा अर्थिक वर्ष ७९÷८० मा १७ खर्ब ९३ अर्ब, ८३ करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ । जस अनुसार प्रदेश नं. १ मा महत्तकांक्षी बजेट सार्वजनिक गरिएको छ । सुनसरीको चतरादेखि सगरमाथा द्रत मार्ग निर्माणदेखि धरानमा डाटा सेन्टर स्थापना गर्नेसम्मका कुरालाइ बजेटमा समेटिएका छ ।

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको सरकारको बजेट वक्तव्यमा यस्ता धेरै महत्वकांक्षी योजनाहरुलाई अगाडि सारेको छ जस अनुसार उदयपुरमा विमानस्थल निमार्ण गर्ने, भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

यस्तै उत्तरदक्षिण कोशी करिडोर, रानी विराटनगर धरान सडक विस्तार तथा स्तरोन्नति, तमोर र मेची करिडोर निर्माण गरिने कुरालाई समेत बजेटमा प्राथमिकतमा राखिएको छ । यस्तै प्रदेश नं. १ मा रेलवे सेवालाई समेत प्राथमिकतामा राखेको छ । यसका लागि सरकारले विराटनगर–धरानको रेल यातायातको सम्भाव्यता अध्ययन गर्ने, विराटनगरमा रेल स्टेसनका लागि जग्गाको व्यवस्थाका लागि बजेट विनियोजन गरेको छ । यस्तै विर्तामोड–जलेश्वर–जनकपुर रेल यातायातको सम्भाव्यता अध्ययन गर्ने, प्रदेश नं. १ कै जल पर्यटन प्रवद्र्धका लागि कोशीको चतरामा जल यातायातको काम गर्ने, अरुण करिडोरको ४ सय केभी प्रसारण लाइनको निर्माण प्रक्रिया आरम्भ गर्ने, कोशी, कन्काई, रतुवा, सुनसरी, त्रियुगा जस्ता जोखिमयुक्त नदी नियन्त्रणका लागि बाँध निर्माणको कार्यक्रम सञ्चालन गर्नका लागि पनि प्राथमिकताका साथ बजेटमा समेटिएको छ ।

ओलाङचुङगोला र किमाथाङ्कामा हिमाली सहर निर्माण गर्न अध्ययन गरिने, इलामको सन्दकपुर र पृथ्वीनगरमा व्यवस्थित सीमा क्षेत्र सहर निर्माणको लागि अध्ययन गरिने, सहरी नदी करिडोर कार्यक्रम अन्तर्गत विराटनगरको केशलिया र सिंघीय नदीमा तटबन्ध निर्माण र व्यवस्थित वस्ती निर्माण गर्ने र मोरङको कारागार भवन निर्माण गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

बजेट वक्तव्यमा उल्लेखित प्रदेश १ का महत्तवपूर्ण कार्यक्रमहरूः
● झापाको दमकमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन ।
● सुनसरीमा विशेष आर्थिक क्षेत्रको निर्माण कार्य प्रारम्भ गरिनेछ ।
● भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइप लाइन निर्माण गरिनेछ ।
● चतरा–सगरमाथा द्रुत मार्ग निर्माण गरी २ घण्टामा सगरमाथा आधार क्षेत्र पुग्ने सडक निर्माण गर्ने ।
● उदयपुरमा विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ्ने ।
● मिर्चैया लुक्ला सगरमाथा द्रुतमार्ग निर्माणका लागि नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने ।
● उत्तर–दक्षिण सडक अनुसार कोशी करिडोर निर्माणको लागि बजेट विनियोजन
● रानी विराटनगर धरान सडकको विस्तार तथा स्तरोन्नतीको काम आगामी आर्थिक वर्ष सम्पन्न गर्ने ।
● झापाको सदरमुकाम जोड्ने सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन ।
● तमोर करिडोर र मेची करिडोर निर्माणका लागि बजेट विनियोजन
● विराटनगर–धरानको रेल यातायातको सम्भाव्यता अध्ययन गरिनेछ ।
● विराटनगरमा रेल यातायातको जग्गाको व्यवस्थाका लागि
● विर्तामोड–जलेश्वर–जनकपुर रेल यातायातको सम्भाव्यता अध्ययन गरिनेछ ।
● कोशीको चतरामा जल यातायातको काम गर्ने
● अरुण करिडोरको ४ सय केभी प्रसारण लाइनको निर्माण प्रक्रिया आरम्भ गरिने ।
● कोशी,कन्काई,रतुवा,सुनसरी,त्रियुगा जस्ता जोखिमयुक्त नदी नियन्त्रण,बाँध निर्माणको कार्यक्रम संचालन गरिने ।
● पूर्वपश्चिम सिंचाई आयोजना जोड्ने गरी सम्भाव्यता अध्ययन गरिने ।
● धरानमा डाटा सेन्टर स्थापनाको लागि अध्ययन गरिने ।
● प्रदेशको एउटा घना वस्ती भएको शहरमा उद्धार केन्द्रसहितको भवन निर्माण गर्न बजेट विनियोजन ।
● ओलाङचुङगोला र किमाथाङ्कामा हिमाली सहर निर्माण गर्न अध्ययन गरिने ।
● इलामको सन्दकपुर र पृथ्वीनगरमा व्यवस्थित सिमा क्षेत्र सहर निर्माणको लागि अध्ययन गरिने ।
● सहरी नदी करिडोर कार्यक्रम अन्तर्गत विराटनगरको केशलिया र सिंघीय नदीमा तटबन्ध निर्माण र व्यवस्थित वस्ती निर्माण गरिने ।
● संखुवासभा र सोलुखुम्बुको दुईवटा हिमतालको पानीको सतह घटाउने ।
● मोरङको कारागार भवन निर्माण गरिने ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved