इलाममा एमाले र एसको गठबन्धन

  • जेठ १५, २०७९
  • "भगीरथ भण्डारी"
alt

धरान । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा (एकीकृत समाजजादी) ले कार्यपालिका गठनमा भने नेकपा एमालेसँग गठबन्धर्न भएको छ । कार्यपालिका गठनका लागि नगरसभामा कांग्रेस, एस र एमालेको स्पष्ट बहुमत छैन । नगरसभामा एसकोे मेयर, पाँच वडाध्यक्षसहित २० जना रहेको छ । कांग्रेसको उपमेयर, सात वडाध्यक्ष सहित ३४ जना छ । नेकपा एमालेको भने दुई वडाध्यक्षसहित १८ जना रहेको छ । एमालेको मत निर्णायक भएपछि एस र एमाले बीच कार्यपालिका गठनमा तालमेल गर्ने सहमति भएको हो ।

कार्यपालिकामा निर्वाचित हुने दलित, अल्पसंखयक र महिला ८ जना मध्ये ४–४ जना सदस्य भागबण्डा गरी बहुमत जुटाउने गरी सहमति भएको छ । सहमति अनुसार एमाले र एसले शनिबार मनोनयन समेत ४–४ जनाको मनोनयन दर्ता गराएको छ । कांग्रेसले भने आठै जनाको मनोनय दर्ता गराएको छ । १४ वटा वडा रहेको सूर्योदय नगरपालिकामा ७२ जना नगरसभा सदस्य निर्वाचित छन् ।

एमाले र एसको सहमति अनुसार एमालेबाट अल्पसंख्यकबाट ख्याम भूजेलले मनोनयन दर्ता गराएका छन् । यसरीनै महिला सदस्यका लागि सावित्रा शिवा, चन्द्रकला परियार, केशर कुमारी पौडेलले एमालेका तर्फबाट मनोनय दताए गराएका छन् । एसको तर्फबाट चित्रकला बराइली, सोनाम छिरिङ लामा र महिला सदस्यमा लतादेवी गौतम, लामु शेर्पाले मनोनय गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट भने दलित वा अल्पसंख्यकबाट यामन लामा, राजु राई र सोनाम छिरिङ काजीले मनोनयन गरेका छन् भने महिला सदस्यमा ख्यामकुमारी घले, चन्द्रकला मैनाली घले, टीकाकुमारी गौतम, शर्मिला विश्वकर्मा र मुकु यल्मुले मनोनय दर्ता गराएका छन् ।

कार्यपालिकामा मेयर, उपमेयर, निर्वाचित वडाध्यक्षबाहेक दलित र अल्पसंख्यकबाट ३ जना र निर्वाचित वडा सदस्यहरु मध्येबाट ५ जना महिला गरी ८ जना थपिन्छन् । सूर्योदय नगरको मेयरमा नेकपा एसका रणबहादुर राईले एमालेका काजीमान कागतेलाई पराजित गरेका थिए भने कांग्रेसका दुर्गाकुमार बरालले एमालेकी दुर्गादेवी भट्टराईलाई पराजित गरेका थिए ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई ।दुबईमा सम्पन्न फिनटेक सम्मेलन २०२ ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved