धरान । धरान १२ स्थित एम्स एकेडेमीले विभिन्न सङ्कायका विद्यार्थीहरूलाई बिदाइ गरेको छ । एकाडेमीले शनिवार विभिन्न संकायका +२ सकेका ३ सय २५ जना विद्यार्थीलाई विदाई गरेको हो ।
एकेडेमीले शिक्षा सदनको सभाहलमा एक कार्यत्रक्रमको आयोजना गरी विदाई कार्यक्रम सम्पन्न गरकेो हो । सो अवसरमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले नृत्य, तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा भाषाविद् प्रा.डा. टंप्रसाद न्यौपानेको समुपस्थितिमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राई, व्यवस्थापन संकायका संयोजक दुर्गा सुवेदीलगायतको उपस्थिति रहेको थियो ।