नयाँ भेरियन्टको खोरेत रोगबाट दुई वटा गाइ मरे : अन्य गाई पनि विरामी

  • जेठ ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिका वडा नं. ६ मा नया भेरियन्टको खोरेत रोगबाट दुई वटा गाई मरिसकेका छन् भने गाउका कृषकका अन्य गाईहरु विरामी परेका छन् ।

धरान उपमहानगरपालिकाअन्तर्गतको पशुसेवा शाखाका प्रमुख महेन्द्रकुमार पैकराका अनुसार धरान ६ का कृष्ण भट्टराई र लक्ष्मी मिश्रका गाई खोरेतकै कारण मरेको बताए ।

उनले भने–‘भट्टराईकोे व्याउन लागेको गाई र मिश्रको दूध दिँदै गरेको मरेको हो । खोरेतको नया नया भेरियन्ट आउने गरेकाले खोपले पनि काम गरेको छैन ।’

उनले खोेरेत भएका गाई वस्तुलाई एसएमबी नामको भ्याम्सिन लगाउने गरिएको बताए । उनले धरान उपमहानगरपालिका अन्तर्गतको पशुसेवा शाखाले खोरेत रोग नियन्त्रणका लागि खोप लगाउने गरेपनि अहिले आएको तेस्रो भेरियन्टको खोरेत रोगलाई भ्याक्सिनले पनि काम नगरेको बताए ।

उनका अनुसार पानमारामा ५ देखि ७ वटा गाई अझै खोरेत रोगबाट ग्रसित रहेका छन् । विरामी मध्ये २ वटा मरेको उनले सुनाए । उनले भने–‘नेपालमा खोरेतको भ्याक्सिन बन्दैन, हामीले सेम्पल काठमाण्डौस्ति पशु ल्याबमा पठाउने गरेका छौं, सोही अनुसार भारतबाट खोप आउने गरेको छ ।’

उनका अनुसार खोरेत लागेको गाइलाई शुरुमा ज्वरो आउने गरेको पाइएको छ । त्यसपछि मुखमा घाउ आउने, घाउ आएको ठाउमा चिलाउने लक्षण देखा पर्ने गर्दछ । शाखा प्रमुख पैगरा भन्छन्–‘यो रोग लागेपछि गाईको मुखमा घाउ आउछ, केही छोड्छ, खोपले काम ग¥यो भने निको हुन्छ, गरेन भने गाई मर्छ ।’

उनले विगतमा खोप लगाउदा गाई निको हुने भएपनि पछिल्लो समय आएको नया भेरियन्टको खोरेत रोगलाई खोपले समेत काम नगरेको बताए । उनले भने–‘खोरेत लागेको गाईको बाच्छा वा बाच्छीलाई खोरेत लाग्ने बढी सम्भावना हुन्छ, खोरेत लागेको गाईको दूध बाच्छाले खाता केही लक्षण देखिदैन, बाच्चा लक्षण नदेखि मर्ने गर्छ । उनका अनुसार गाईले ¥याल काड्न थालेपछि भने कृषकहरुले धेरै शर्तक हुनुपर्ने बताए ।

यता खोप लगाउदा पनि गाई जाति नहुदा पशुपालक कृषकहरु भने चिन्तित भएका छन् । दुहुदै गरेको गाई खोरेतकै कारण मरेको प्रत्यक्ष आखा अगाडि देखेका कृषक लक्ष्मी मिश्रले विगतमा नगरपालिकाले आएर खोप लगाउदा जाति भएपनि यसपटक भने यसपटक आफूले पालेको गाई खोरेतकै कारण मरेको सुनाए । उनले भने–‘खोरेत पनि धेरै प्रकारको हुदो रहेछ, सधै खोपले काम गथ्र्यौ, यसपटक त खोपले कामै गरेन ।

यस्तै भनाई कृषक कृष्ण भट्टराईको समेत छ । उनले समेत व्यान लागेको गाई गुमाउनुपरेको दृष्टान्त सुनाए । उनले भने–‘विगतका बर्षहरुमा पनि खोरेत रोग गाईलाई लाग्थ्यो, पशुचिकित्सक बोलाएर खोप लगाएपछि ठिक हुन्थ्यो, तर यसपटक खोप लगाउदा पनि ठीक नभएर व्याउनै लागेको गाई मर्‍यो ।’
खोपले काम नगर्दा भटाभट आफूले पालेका गाई मर्न थालेपछि पानमाराका गाइपालक कृषक चिन्तित बनेका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved