कांग्रेसको गढमा कांग्रेसै “क्लिनस्वीप”: रंगेलीमा एमालेको शानदार जीत

  • जेठ ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt नव निर्वाचीत जनप्रतिनीधीहरुलाई प्रमाण पत्र वितरण गर्दै निर्वाचन आयोग

धरान l काँग्रेसको गढ मानिएको मोरङको रंगेलीमा काँग्रेस नै क्लिनस्वीप भएको छ छ भने नेकपा एमालेले शानदार जीत हात पारेको छ ।

वैशाख ३० गते सम्पन्न भएको स्थानीयतहको निर्वाचनको परिणाम अनुसार ९ वटै वडामा सान्दार जीत निकाल्दा काँग्रेस भने क्लिनस्वीप भएको हो । नेपाली कांग्रेसको ‘गढ’ का रुपमा चिनिँदै आएको रंगेली नगरपालिकामा पहिलो पटक एमाले विजयी भएको हो ।

आइतबार सँझ सम्पन्न अन्तिम मतपरिणाम अनुसार रंगेली नगरपालिकाको मेयर, उपमेयर र ९ वटै वडाको वडाध्यक्षमा एमाले विजयी भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रंगेलीले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार एमालेका दिपिल बगडीया फराकिलो मतान्तर सहित विजयी भएका छन् ।

बगडीयाले १२ हजार ८ सय ६१ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मोदराज घिमिरेले ९ हजार ६१ मत प्राप्त गरे ।

घिमिरलाई ३ हजार ८सय मतान्तरले पछि पार्दै बगडीयाले जीत निकालेका हुन् । बगडीयाले यसअघि ७४ सालको स्थानीयतह निर्वाचनमा पनि काँग्रेसका मोदराज घिमिरेलाई नै पराजित गर्दै विजयी बनेका थिए । उनी केही महिना अघि मात्र नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रंगेलीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका थिए । त्यस्तै उपमेयरमा एमालेकै भूमा पराजुली ११ हजार ७ सय ९० मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट साझा उम्मेदवार जसपाका पन्नालाल मण्डलले ५ हजार १ सय ७५ मत मात्र प्राप्त गरे । पराजुली र मण्डलको मातन्तर ६ हजार ६ सय १५ रहेको छ । रंगेलीका ९ वडामध्ये ६ नं.मा १ जना वडासदस्यबाहेक नेकपा एमालेका प्यानलै विजयी भएका छन् । ६ नम्बर वडामा जसपाबाट सदस्यका उम्मेद्वार बनेकी सरस्वतीदेवी बहरदार निर्वाचित भएकी हुन् ।

नव निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृत रामहरी काफ्लेले निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित मेयर दिलिप बगडीयाले शान्तिपूर्ण, भयरहित वातावरण र निश्पक्षरुपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रहरी,प्रशासन सवैलाई धन्यवाद दिए ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई ।दुबईमा सम्पन्न फिनटेक सम्मेलन २०२ ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved