धरान । २०७४ सालको पहिलो स्थानी तहमा विराटनगरमा प्रभुत्व जमाएको नेकपा एमालेले ०७९ सालको दोस्रो निर्वाचनमा गठबन्धन गरेर लड्दा पनि काँग्रेसलाई बेफाइदामात्र हात परेको छ ।
विराटनगरमा मत पणिााम सार्वजनिक भएसँगै प्रदेश १ को राजधानी विराटनगरमा नेपाली कांग्रेस र जसपाले आफ्नो धेरै प्रभाव गुमाएका छन् ।
यस पटक गठबन्धनमा उठेका यी दुवै दलले अधिकांश वडाहरुमा गुमाउनुपरेको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरका १९ मध्ये मेयर उपमेयरसहित सात वटा वडा जितेको नेपाली कांग्रेसले यो पटक ६ वडामा खुम्चिएको छ ।
गठबन्धनबाट चुवनामा उत्रिएका यी दलहरुले कांग्रेसबाट मेयरमा नागेश कोइराला निर्वाचित भएका छन् भने उपमेयर गुमाउनुपरेको छ । नागेशले ३०१७० मत ल्याएर विजयी भएका थिए । नागेशले एमालेका सागरकुमार थापाले २१४५५ मतमात्र प्राप्त गरेका थिए । उपमेयरमा भने एमालेकी शिल्पी कार्कीले २५६८० मत ल्याएर विजयी बनिन् भने गठबन्धनबाट उठेका जसपा उम्मेदवार अमरेन्द्र यादवले १४२५२ मत ल्याएर पराजित भएका छन् ।
वडागत रुपमा हेर्दा यो चुनावमा मधेशी समुदायको बसोबास रहेको दिक्षणी क्षेत्रका ६ वटा वडा जितेको जसपा यो पटक दुई वडामा खुम्चिएको छ । एउटा वडा जितेको माओवादी केन्द्र शून्यमा झरेको छ ।
गत चुनावमा तीन वटा वडा जितेको नेकपा एमालेले ९ वटा वडा जितेको छ । एमालेले महानगरको मेयरमा पराजित भएपनि उपमेयरसहित एमालेले ९ वडा जितेको हो ।
नेपाली कांग्रेसको प्रभाव क्षेत्रमा एमालेले जित हासिल गरेको हो । एमालेबाट विराटनगर १ को अध्यक्षमा काजीबहादुर बस्नेत, २ मा कुमार पोखरेल, ३ मा बासुबहादुर बस्नेत, वडा नम्बर ४ मा जितन थापा, ८ मा राम पोखरेल, १० मा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने, १४ मा सुर्यनारायण महतो, १९ मा श्याम घिमिरे निर्वाचित भए । एमालेले यसअघि वडा नम्बर २, ५,११ नम्बर वडा जितेको थियो ।
नेपाली कांग्रेसबाट वडा नम्बर ५ मा सन्तोष न्यौपाने, ६ मा हरिशचन्द्र सहनी, ७ मा मधुवावु तिवारी, ९ मा विश्वनाथप्रसाद भगत, १५ मा प्रकाश साह, १६ मा उद्धवकुमार भुजेल निर्वाचित भएका छन् ।
विराटनगर– १२ मा जसपा उम्मेदवार हिरालाल कामत र १७ मा समिम कमर मिया निर्वाचित भएका छन् । १३ मा राप्रपा उम्मेदवार सूर्यलाल यादव निर्वाचित हुँदा वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवार जीतेन्द्रकुमार शाह विजयी भए ।
गठबन्धन गरेर चुनावमा उत्रिएकमा नेपाली कांग्रेस र जसपा भित्र रहेको आन्तरिक समस्या भएका कारण विराटनगरका वडाहरुमा एमालेले प्रभाव जमाएको गठबन्धन दलका नेताहरु बताउँछन् ।