धरान २० को विवाद सकियो:वडाध्यक्षमा कांग्रेसका लिम्बु विजय

  • जेठ ८, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान । तीन दिन अगाडि मतगणना सम्पन्न भएपनि विवादका कारण सार्वजनिक हुन नसकेको धरान २० अन्तिम मत परिणाम शनिवार सार्वजनिक गरिएको छ ।

विवादपछि सर्वपक्षीय छलफललले पुनः गणना गर्ने सहमति भएपछि गणना भएको थियो । पुन गणना हुदा पनि वडाध्यक्षमा पदम बहादुर लिम्बु विजय भएको निर्वाचन अधिकृतका कार्यालय धरानले सार्वजनिक गरेको हो ।

लिम्बुले ६०४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका विजय लामा तामाङले ५९६ मत प्राप्त गरेका छन् । यसैगरी एमालेका वडाअध्यक्षमा उमेद्वार महासेर राई ५८० मत प्राप्त गरेका छन् ।

वडा सदस्य, महिला सदस्य तथा दलित महिला सदस्यमा भने मिश्रित परिणाम आएको छ । महिला सदस्यमा एमालेबाट पञ्चमी राई ६२४ मत प्राप्त गर्दै निर्वाचित हुदा दलित महिला सदस्यमा नेपाली कांग्रेसबाट रमा बिक ६१३ ल्याएर निर्वँचितभएकी छन । खुला सदस्यमा कांग्रेसबाट कांग्रेसबाट विजयी भएका छन् काग्रेसका तर्फबाट खुल्ला सदस्यका उमेद्वार रहेका देवेन्द्र राई ६१४ र रामबहादुर राई ६५७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

यस अघि १८ वटा मतपत्रमा मतदान अधिकृतको दस्ताखत नभएको भेटिएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चर्को विवाद भएको थियो । हस्ताक्षर नभएको मतपत्रलाई बदर गर्दै पुन: मत गणना गरिएको थियो । पुनः मतगणना गर्दा पनि थप ३ वटा मतपत्र दस्तखत विनाको भेटिएको थियो ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved