अनाथ बालबालिकालाई युएन, नवोदयद्वारा सामाग्री वितरण

  • जेठ ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । शैक्षिक गतिविधिसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको धरान १६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीहरुले अनाथ बालबालकालाई शैकिक पाठ्य पुस्तक एवम् खेलकुदका सामाग्री वितरण गरेको छ ।

धरान–३ स्थित सरस्वती बालआश्रमका बालबालिकाकालाई पाठ्य र खेलकुद सामग्री वितरण गरेका हुन् । युएन कलेज एण्ड नवोदय प्लस टु ले १० वर्ष पूरा गरेर मनाउन लागिएको ‘दशक महोत्सव’ का अवसरमा उनीहरुलाई त्यहाँ पुगेर सो सामग्री प्रदान गरेका हुन् ।

यु.एन.नबोदय हेल्पिङ ह्याण्डसले दसक महोत्सबको अबसरमा पारेर सरस्वती बाल अनाथ आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री एवम खेलकुद सामाग्री वितरण गरेको जनाएको छ ।

यही जेठ ७ गते स्थापनाको १० वर्ष पूरा भएको कलेजले स्थापनाकालमा त्यहाँ पुगेर पाठ्यसामग्री वितरण गरिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।  उनले भने–‘यो विद्यालयले शैक्षिक गतिविधिसँगै शिक्षा क्षेत्रमा पछाडि परेका समूहलाई पनि सहयोग गर्ने गरेका छ, त्यही अनुरुप दश बर्ष पूरा गरेको अवसरमा हामीले सरस्वती बाल अनाथ आश्रममलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरेका हौं ।’

कार्यक्रममा कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले विद्यार्थीहरुले पनि सामाजिक कार्यमा अग्रसर रहुन उद्देश्यले पनि समय समयमा अनाथाश्रम  तथा शिक्षामा पछाडि परेका समुदायलाई विभिन्न सहयोग गर्दै आएकोबताए । उनले भने सामग्री वितरणपछि कलेजमा पनि विद्यार्थीका लागि सामाजिक दायित्व र सामाजिक दायित्व निर्वाहबारे ‘काउन्सेलिङ’ कार्यक्रम राखिएको थियो । यसले सामाजिक भावमा ओतप्रोत गर्न थप सहयोग पुग्यो भन्ने हामीलाइ लागेको छ ।’

कलेजले भोलि अर्थात् जेठ ७ गते धरान–१५ स्थित किरात याक्थुम चुम्लुङको हलमा भव्यरुपमा दशक महोत्सव मनाउने भएको छ । २०६८ सालमा ११ जना विद्यार्थीबाट शुरु भएको कलेजले हालसम्म १० हजार विद्यार्थी उत्पादन गरिसकेको र हाल आएर कलेज प्रदेश १ कै ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित हुँदै अघि बढिरहेको छ । क्याम्पस प्रमुख तुम्बापोले ७ गते हुने दशौ स्थापना दिवसको अवसरमा प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे (राई) आउने बताए । उनले भने–‘ कार्यक्रममा कक्षा–१२ र बीबीएस चौंथो वर्षका विद्यार्थीहरूलाई विदाइ कार्यक्रम साथै बीबीएस पहिलो वर्ष र बीएचएम पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved