‘जापानको ऊर्जालाई धरानमा लागू गर्छु’

  • वैशाख २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ भोजपुर टेम्केमैयुङ गाउँपालिकामा जन्म २०१९ मोरङको रंगेलीमा हुर्केका शिवकुमार राई बाल्यकालमै धरानमा अध्ययन गर्ने क्रममा आएका थिए । ४० सालमा जनता माविबाट एसएलएसी उत्तिर्ण गरि महेन्द्र क्याम्पसमा पढेको मानवीकि अध्ययन गरि थप अध्ययनका लागि काठमाण्डौं गए ।

अध्ययनकै क्रममा राजनितिक क्षेत्रमा होमिएका उनी ४६ सालमा वैदेशिक रोजगारीको शिलशिलामा जापन पुगेर ५ वर्ष पछि धरान फर्किएका उनी ५१ साल देखी धरानमा स्थानीय बसोबास सुरु गर्दै आएका छन् । ५४ सालमा नगर सभा समितीको सदस्यमा निर्वाचित भए त्यस बेला पार्टी वडाकमिटीको अध्यक्ष थिए । उनी भन्छन्, ‘मैले आफ्नै रोजगारीबाट पुग्ने जति कमाईसकेको छु, घर बनाए, आर्थिक समस्या छैन्, अब समाज विकास गर्नु पर्छ भन्ने मलाई लाग्यो त्यसैले म राजनितिमा लागे ।’

उनले जनसेवा टेम्पो संघको अध्यक्ष भएर काम गरे । ६५ साल तिर सप्तकोशी बस व्यवसायी संघमा पनि काम गरे । यातायात व्यवसायी भएर पनि काम गरे । उनी भन्छन्, ‘मैले ५ वर्ष जापानमा रहँदा जापान कसरी विकास भयो भन्ने मैले बुझेको छु र आफ्नो देशको तुलना गर्दा केही तथ्य भेटाए, यहाँको समस्या भनेको हरेक क्षेत्रको व्यवस्थापन कमजोर छ ।’ धरानमा देखिएका अस्तव्यस्त यातायात लगायत मुख्य बजार व्यवस्थापन उराठ लाग्दो रहेको उनको भनाई छ । उनी भन्छन्, ‘यो त व्यवस्थापन गर्न सकिन्छ नि अलिक कडा हुनु पर्याे, प्रशासनले नियमन गर्नु पर्याे नि खालि पैसा कर उठाएर मात्र हुन्छ त ।’

वडाध्यक्षको पदमा निर्वाचित भए पछि कडा नियम बनाएर व्यवस्थापन गर्ने उनको प्रतिबद्धता छ । उनले भने, ‘यहाँ त साना साना कामहरु पनि भएका छैनन्, यहाँ सडकमा ट्रापिकm चिन्ह पनि छैन् त्यो त त्यती धेरै खर्च लाग्ने विषय हैन नि गर्न सकिन्छ नि, हो म यस्ता साना काम जसले जनाताको जिवनमा प्रत्यक्ष सम्बन्ध राख्ने काम म गर्छु ।’
यसअघि नेकपा एमालेबाटै वडाध्यक्ष बनेका रत्न बहादुर कट्वालको कामबाट वडाबासीहरु सन्तुष्ट रहेकाले पनि सोही पार्टीको प्रतिनिधि भएकाले जनताहरुले सजिलै अनुमोदन गर्ने उनको दाबी छ । खानेपानी समस्या समाधान गर्न अहिलेको व्यवस्थालाई सुधार गर्न आवश्यक रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘अहिले पनि उत्पादन भइरहेको छ तर व्यवस्थापनामा कमजोरी भएको छ, काम नलग्ने ज्ञान नै नभएका कर्मचारी नियुक्ती गरेको छ जसलाई जनता सँग कुनै डर छैन अनि कसरी हुन्छ समाधान ।’
समस्या समाधानका लागि बोर्डका मान्छे पनि परिवर्तन गर्न आवश्यक देखिए त्यो पनि गर्नु पर्ने उनको भनाई छ । खानेपानीको पाइपलाईन, वितरण प्रक्रिया लगायतको अवश्थालाई अध्ययन गरिनुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘कुन भल्भ बन्द गर्दा कहाँ बन्द हुन्छ, कुन ठाउँका भल्भ हटाउनु पर्छ, थप गर्नु पर्छ त्यो काम गर्नु पर्छ, १.५ इन्चको पाइपमा ८ वडा हाप इन्चको पाइप जोडेको छ अनि कसरी हुन्छ व्यवस्थापन ।’

पानीको स्रोतहरु बढाउनु पर्ने उनको ठम्याई छ । जंगलबाट आएको पाइप लाइनमा देखिएको चुहावट रोक्न सकियो भने पनि अहिलेको अवस्थामा सुधार हुने उनको विश्वास छ । सबै वडाको बजेट अलि अलि काटेर भएपनि खानेपानी समस्या समाधान गर्न आवश्यक रहेको उनको भनाई छ । उनी भन्छन्, ‘मैले भनेको योजना गर्न नसक्ने केही बोलेको छैन म ठुला ठुला सपना देखाउँदिन, म जनताको जिवनमा प्रत्यक्ष असर गर्ने कामहरु गर्छु ।’ वडाका जनताले सम्झना गर्ने गरीको काम गरेर वडाबाट विदा हुने उनी बताउँछन् ।

शिवको प्रतिबद्धता
खानेपानी समस्या समाधान देखि सुत्केरी महिलालाई पौष्टिक आहार सम्मको योजना सहितको प्रतिबद्धता पत्र नेकपा एमाले वडा नम्बर ९ ले जारी गरेको छ ।
नेकपा एमाले तर्फ बाट वडाध्यक्षका उम्मेद्वार बनेका शिव राईले खानेपानीको चरम अभावलाई समयमै उचित योजना बनाई व्यवस्थापन गरि अर्को वर्षको सुख्खा याम सम्ममा पानिको हालको अवस्थालाई न्यूनिकरण गर्न निश्चित कार्य गर्ने बताएका छन् । यस्तै निम्न आय भएका महिलाहरु सुत्केरी हुँदा ३ महिना सम्म पौष्टिक आहार तथा बच्चालाई न्यानो कपडा वितरण गरिने प्रतिब्द्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी, असक्त तथा वृद्धाहरुको लागी ३ –३ महिनामा निःशुल्क स्वास्थ्य जाँच गराउन शिविर सञ्चालन गराइ स्वास्थ्यमा पहुँच पु¥याइने, बालबलिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउने, बाल बिकास सम्बन्धी भइरहेका कार्यहरुलाई थप प्रभावकारी बनाइ सञ्चालन गर्ने, धरान ९ मा रहेको सब्जी बजारलाई ब्यबस्थित बनाइ बजार भित्रको यातायात व्यवस्थालाई सहज बनाउन पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यसै गरि वडामा रहेका विद्युत, टेलिफोन, केबल, नेट आदिका तारहरुलाई व्यवस्थित गरिने, वडामा रहेका पिच हुन बाँकी रहेका सडकहरुलाई पिच गरिने तथा भएका सडकहरुलाई अवस्था हेरी पुनः स्तरीकरण गरिने, वडामा स्थायी बसोबास भएका असक्त तथा गरिव परिवारलाई रासन कार्डको व्यवस्था गर्न पहल गरिने, खहरे खोलामा बाँकी रहेका तटबन्धनको कार्यहरु पुरा गरि खहरे खोला किनारमा रहेको सडकलाई व्यवस्थित गरिने, खहरे खोलाको महेन्द्र क्याम्पसको पुल देखि पुतली लाईन सम्मको क्षेत्रमा पार्क निर्माण गरिने, वडा भरीका व्यापारिक क्षेत्रका फुटपाथलाई फुटपाथ मैत्री कार्यक्रमको योजना बनाई कार्यन्वयन लागायतका योजनाहरु रहेका छन् ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved