एमालेलाई जिताउन धरानका सर्वसाधारण आतुर छन् : भण्डारी

  • वैशाख २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt मन्जु भण्डारी सुवेदी, नेकपा एमाले मेयर उम्मेदवार धरान उपमहानगरपालिका

चुनावी प्रचार प्रचार कस्तो हुदैछ ? एमालेको अवस्था धरानमा कस्तो छ ?
 धरानमा चुनावी प्रचारंप्रसारलाई तिब्रता दिएका छौं, हाम्रो चुनावी अभियानलाई धरानेहरुले साथ दिएका छन्, हरेक ठाउ हामी जादा उहाहरु उत्साहित हुनुभएको छ, हामीलाई जिताउन वैसाख ३० गते कहिले आउछ भनेर प्रतिक्षामा बसेका छन् ।

स्थानीय तहको चुनावमा धरानमा एमालेले जित्ने आधार चाही के छ ?
धरानमा एमालेले जित्ने आधार धेरै छ । तर प्रतिपक्षीहरुले ममाथि प्रमाणित हुनै नसक्ने अनेक आक्षेप र लान्छना लगाएर कमजोर देखाउने प्रयास गरेका छन् । बास्तवका भन्ने हो भने घरदैलो कार्यक्रममार्फत मैले बुझेअनुसार चुनाव जिति सकेको अवस्था छ । बैशाख ३० गते पछि जेठको पहिलो हप्तामा एमाले पुग्छ नेतृत्वमा ।

धरानका एमालेले जित्न किन जरुरी छ ?
एमाले यो देशको मुल प्रवाहको प्रमुख पार्टी हो । प्रदेश र संघको सत्ता संचालन गर्ने पनि यही पार्टी हो । नगरको समग्र विकास गर्न धरानमा एमालले जित्न जरुरी छ । धरानको विकासको खाकालाई मुर्तरुप दिन संघ र प्रदेशसहित दातृ निकायको साथ र सहयोग चाहिन्छ । ०७६ को उपनिर्वाचनमा कांग्रेसका मेयर तिलक राई जी आए । तर दातृनिकायले धरानको विकास निर्माण गर्न उहांसंग सहकार्य गर्न चाहेको देखिएन । यताबाट पनि पहलकदमी हुन सकेन । दातृ निकायसंगै संघ र प्रदेशको श्रोत विना धरानको विकास निर्माण सम्भव छैन । यो अवस्थामा केन्द्रमा सिधा पहुच बनाएर र दातृ निकायसंग सहकार्य गरी आर्थिक श्रोत जुटाएर अधुरा रहेका ठूला योजना पुरा गर्न र पहिलै डिपिआर बनेका दीर्घकालिन गौरवका योजनाहरु सूरुआत गर्न एमालेले धरानमा जित्न जरुरी छ । दातृ निकायसंग सहकार्य गर्न, संघ र प्रदेशबाट श्रोत जुटाउन म आफु सक्षम छु ।

खानेपानी आयोजानले धरानका सर्वासाधकारणलाई आवश्यकतालाई किन पूरा गर्न सकेन ?
खानेपानी आयोजना असफल भएको छैन । तर व्यबस्थापनमा कमजोरी भएको छ । यसकालागि ऐन बनाएर खानेपानी वितरण सम्बन्धी राम्रा र दक्ष कर्मचारीको दरबन्दी सृजना गरी धरान खानेपानी व्यबस्थापन बोर्ड अन्तर्गत पानी वितरण गर्न सकिने अवस्था छ । साविक एरियामा अनुगमन समिति बनाएर ४० प्रतिशत चुहावट हुने खानेपानी नियन्त्रण गर्ने छौं । यो काम ३ देखि ५ महिना भित्र गर्ने छौं ।

धरानमा सुकुम्बासीको व्यवस्थापन कसरी गर्ने भन्ने सोच्नु भएको छ ?
सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने, अव्यबस्थित बसोबासलाई व्यवस्थित बनाउने मुद्धा हामीले पहिलै देखि भन्दै आएका छौं । धरानमा उनीहरुको मुद्धालाई सम्बोधन गर्नुपर्छ भनेर लगत लिने, घर नम्बर दिने काम पनि स्वर्गीय मेयर तारा सुव्वाको पालादेखिनै सुरु भएको हो । तर गठबन्धन सरकारले अवरोध गरेपनि विचैमा रोकियो । धरानमा १३ हजार ५ सय घरधुरीको लगत संकलन भएको छ । पहिलो चरणमा २५ सयलाई निस्सा दिने तयारी पनि गरिएको छ । त्यसबाहेक सुकुम्बासी समुदायको शिक्षा, स्वास्थ्य, आवास र रोजगारको अवसरमा पहुच दिलाउने प्रतिवद्धता पनि गर्छु ।

धरानको विकास निर्माणमा एमालेको एजेण्डा छैन भनिन्छ नि ?
धरानको विकास निर्माणमा हामीसंग थुप्रै एजेण्डाहरु छन् । मुख्यगरी यो दुइबर्ष भित्र पुरा हुने गरी स्मार्ट बसपार्क निर्माणकालागि टेण्डर नै भइसकेको छ । अहिले भौतिक पुर्वाधार तयार हुदैछ । म उपमेयर हुदा गरेको पहलमा स्मार्ट बसपार्क निर्माणको २५ प्रतिशत हुदैछ । सर्दुृ सेउती करिडोर, साइन्स सिटि पार्क, धरान सिटि अस्पताल, धरान स्मार्ट सिटिका लागि पुर्वाधार तयारी गर्न डिपिआर तयारी नै भएको छ । अर्को मुहत्वपुर्ण कुरा छ, धरानको किरातकालिन ऐतिहासिक पुरातात्विक थलोको रुपमा विजयपुरलाई चिनाइरहन पर्दैन । यो स्थलमा सम्बन्धित समुदायसंग समन्वय गरेर विजयपुर दरवार बनाउने, सभ्यता र संस्कृतिको पहिचानसहितको संग्रहालय बनाएर पर्यटकीय गन्तव्य स्थल बनाउने योजना छ । यसैगरी धरानलाई इकोनोमिक करिडोरको रुपमा विकास गरेर पुर्वी पहाडी जिल्लाका लागि ट्रान्जिट पोइन्ट बनाउने, अटोजोनको रुपमा विकास गर्ने, सिण्डीकेट प्रणाली खारेज भएपनि रहेका उनीहरुका सम्पतीलाई हाल बनेका कम्पनीमै हस्तान्तरण गर्न पहल गर्ने, आदिवासी जनजाति विकास समिति गठन गरेर भाषा लिपि धर्म संस्कार संस्कृतिको विकास गर्ने, त्यसका पनि विषेश गरी सम्बन्धित समुदायसंग समन्वय गरेर मुन्धुमी ज्ञानलाई प्रवद्र्धन गर्ने र भाषा लिपि पठन पाठनकालागि पहल व्यबस्था गर्ने एजेण्डाहरु हामीसंगछ । त्यतिमात्र नभएर नयां पर्यटकीय गन्तव्यकालागि धरानको विजयपुर–बराहक्षेत्र–खुवालुङ सकिर्ट बनाएर बहुधार्मिक बहुसांस्कृतिक सम्पदाको संरक्षण गर्ने एजेण्डाहरु पनि छन् । शिक्षामा गुणस्तर सुधार गर्न पहल गर्ने र निजि क्षेत्रलाई लगानीकालागि आकर्षित गर्ने, नगर युवा परिषद, महिला विकास समिति बनाएर काम गर्ने योजनाहरु छन् । ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा निुशल्क सेवा र निशुल्क दात लगाइदिने योजना पनि छन् । धरानलाई बालमैत्री, अपाङ्ग मैत्री, महिला मैत्री र वातावरण मैत्री बनाउदै जातिय छुवाछुत र विभेद तथा महिला हिंसाविरुद्ध सून्य सहनशीलताको निति अवलम्बन गर्ने छौं ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved