मतदान केन्द्रमा आइपुग्यो निर्वाचन सामाग्री

  • वैशाख २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई चाहिने सामाग्री जिल्ला निर्वाचन कार्यालय सुनसरीले मातहतमा रहेका मतदान केन्द्रमा पठाएको छ ।

निर्वाचन कार्यालयले धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, वर्जु गाउँपालिका, हरिनगरा र देवानगञ्जका निर्वाचन अधिकृतको कार्यालयलाई चाहिने सामाग्री पठाएको हो । निर्वाचन कार्यालयका सूचना अधिकारी अजय मिश्रका अनुसार निर्वाचनमा चाहिने सामाग्री मतपेटिका, निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक अनुसूचीहरू, मतदाता नामावलीहरु, स्वस्तिक छाप लगायतका ५८ प्रकारको सामाग्री रहेको छ ।

सुनसरीका १२ पालिका मध्ये सोमबार पहिलो चरणमा ५ पालिकाका लागि सामाग्री वितरण गरिएको हो भने बाँकी पालिकाहरूलाई मंगलबार सम्ममा वितरण गरी सक्ने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका सूचना अधिकारी मिश्रले भने, ‘निर्वाचन नजिकिदै छ, सुनसरीमा रहेका पालिकामा निर्वाचन व्यवस्थित बनाउन मतदान केन्द्रको सुरक्षा, आवश्यक सामाग्री लगायतका तयारी गर्ने काम भइरहेको छ, निर्वाचनलाई व्यवस्थित, भयरहित ढंगले गराउन कार्यालय लागि परेको छ ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved