२४ वर्ष देखि वडाको सेवामा जीवन सुवेदी

  • वैशाख २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जीवन सुवेदी धरानको एमाले राजनीतिक वृत्तमा परिचित नाम हो । मजदुर क्षेत्रबाट राजनीतिमा उदाएका सुवेदी २०५४ सालमा वडाध्यक्ष विजयी भएका थिए । २०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समितिमा जाने गरि वडा सदस्य जितेर काम गरेका थिए । तर जिल्ला समन्वय समितिमा कांग्रेसको नेतृत्व भए पछि उनले वडामा काम गरे । वडाध्यक्ष भुवनराज मोक्तानको मृत्यु भए पछि उनी कार्यबाहक वडाध्यक्ष भएर एक बर्ष काम गरे । २०७६ को उपनिर्वाचनमा वडाध्यक्ष उठ्ेका सुवेदी नेपाली कांग्रेसका उम्मेद्वारलाई १ भोटले पराजित गरि जित्ने भाग्यमानी वडाध्यक्ष हुन् ।

२०३६ साल देखि राजनीतिमा लागेका सुवेदीले धरान ७ नं. वडा अध्यक्षबाट राजीनामा दिएर पुनः अध्यक्षमा नेकपा एमालेको तर्फबाट उम्मेदवार दिएका छन् । उनी सामान्य परिवारका व्यक्ति हुन् । सुवेदीका पिता शिक्षक पेसामा भए पनि बुवाकै प्रेरणामा समाजसेवामा लागेका थिए । उनी २०४२ सालमा मजदुर समाजको कोषाध्यक्ष भएर काम गरे । २०४२ सालको आन्दोलनपछि माले समुहका मदन भण्डारी र माक्र्सवादीका सभापति मनमोहन अधिकारी २ समुह एकिकृत भएर २०४७ सालमा एमाले भएको थियो । २०५० सालसम्म मजदुर आन्दोलनमा सहभागी भएका सुवेदी २०५४ सालमा वडाअध्यक्षमा विजयी भएका थिए । उनी वडाध्यक्ष हुँदा दोभान लाईन सडक, गोविन्द रोड, श्रीजंङ्गा लाईन र हाम्रो टोल, सिद्ध नेवा सडकको निर्माण, श्रीजङ्गा लाईन शुक्रपथमा कल्भर्ट, लिला मार्ग सडक ढलान भएका छन् । उज्यालो वडा, सुरक्षित वडा अभियान सञ्चालन गरि वडा भरि ४५ थान सोलर र स्टेट लाइटहरु जडान गरिएको छ । विपन्न ८९ परिवारलाई स्वास्थ्य बिमा गरिदिएका छन् । सिद्ध नेवा परिषदको ट्रष्ट गरिएको वडा भरि २६ स्थानमा वाईफाई जडान गरि स्थानीयलाई सहज बनाइदिएका छन् ।

कोभिडमा १९ मा निशुल्क ६० दिन सम्म यातायातको सुविधा र दलित तथा विपन्न ५० परिवारलाई विद्युतीय चुला वितरण, लकडाउनमा राहत वितरण, विपन्न परिवारलाई दाहसंस्कारको लागि निशुल्क शववाहनको ब्यवस्था, बुद्धमार्ग परिवार नियोजनको सडक निर्माण, तिर्थमार्गमा सडक मर्मतको सम्झौता भएको छ । क्यान्सर, मृगौला रोगका विरामीलाई यातायात खर्चको व्यवस्था, नेवारी धिमे बाजा प्रशिक्षण, बाल मैत्री वडा घोषणा, नवजात बैक खाता सञ्चालन लगायत नेपालकै पहिलो वडामा धरान ७ उदाहरणीय बनेको उनी बताउँछन् । सिलाई कटाई, आयमुलक झोला वनाउने, उद्घघोषण तालिम, जेष्ठ नागरिकलाई मनमोहन स्मृति दिवसमा सम्मान गरिएको थियो ।

अव गर्ने काम
आगामी दिनमा दिनमा पानमारा वस स्टेण्ड नजिकको खहरे नियन्त्रणलाई प्राथमिकता दिने, सडक, पुल निर्माणलाई अग्रता दिई निर्माण गर्ने, भूमिविहिनलाई धनिपुर्जाको लागि पहल गर्ने, सुख्खा याममा समेत खानेपानीको सहज वितरणको ब्यव्स्था गर्ने, एकल महिलालाई आयमुलक कार्यको लागि तालिमको व्यवस्था गर्ने युवाहरूको लागि खेलकुद, संगित र सिपमुलक कार्यक्रम प्रत्येक बर्ष गर्ने उनले प्रतिवत्ता जनाउँछन् । यस्तै कला, संस्कृति मठ मन्दिरको संरक्षण गरि वडाका सडकलाई खाल्डाखुल्डी मुक्त बनाउने उनको योजना छ । धरान ७ मा सरकारी र गैह्रसरकारी कुनै पनि स्कुल छैन । सानो वडा भएकाले चारै तिर अरु वडाको स्कुलहरु सदन, भानु स्मृति भएकाले ७ वडाका विद्यार्थीहरु अरु वडाको नजिक रहेको स्कुलमा नै पढन जाने गर्छन । शिक्षामा गर्ने खर्च समेत असाहय, मजदुर, अपाङ्गता, मजदुरलाई र जेष्ठ नागरिकका विपन्न परिवारलाई सहयोग गर्ने योजना र वडामा फ्रि वाईफाई उचित ब्यवस्ता गर्ने सफा र स्वास्थ्य वडा बनाउने योजना रहेको उनी बताउँछन् ।

सालिन व्यक्तित्व, वडावासीको हितका माथिल्लो तहमा प्रष्ट कुरा राख्ने व्यक्तिको रुपमा चिनिन्छन् सुवेदी । उनको खरो स्वाभाव भएकै कारण मेयर उपमेयरसँग बादविवाद समेत हुने गरेको थियो । २०५४ सालदेखि जनप्रतिनीधि भएर काम गरि सकेका सुवेदी एउटा विकासप्रेमी अनुभवी नेता हुन् । उनले फेरी एक कार्यकाल वडाध्यक्ष भएर जनताको सेवा गर्ने इच्छा गरेका छन् । बैशाख ३० गते हुने निर्वाचनका लागि उनी मैदानमा उत्रिएका छन् ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved