धरान । निर्वाचन आयोगले शैक्षिक क्षेत्रमा चुनावी गतिविधि हुन नदिने आचारसंहितमा उल्लेख गरे पनि निर्वाचन आयोगले नै यस्ता आचारसंहिता उल्लंघन गरेको् पाइएको मानवअधिकारवादी संस्थाहरुले बताएका छन् ।
आयोगले निर्वाचन आयोगको कार्यालय नै विद्यालय क्षेत्रभित्र राख्ने लगायतका कुराहरु गरेको पाइएको जनाएको छ ।
आयोगले प्रदेश नं. १ का तीन जिल्ला अनुगमनपश्चात यस्तो तथ्य सार्वजनिक गरेको हो ।
धरानको नवयुग होटलमा आयोग र सञ्चारकर्मीहरुको अन्तरक्रियाका क्रममा आयोगका पदाधिकारीहरुले दलहरुले बारम्बार आचारसंहिता उल्लंघन गरे पनि निर्वाचन आयोगले भने आखा चिम्लेर बसेको पाइएको जानकारी दिएको हो ।
आयोगकी सदस्य लिली थापाले निर्वाचन आयोगले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको बताइन् । उनले भनिन्–‘हामीले सुनसरी, झापा र इलाममा अनुगमन ग¥यौ अधिकां निर्वाचनको कार्यालय विद्यालय परिषरमै राखिएको पाइयो ।’ उनले धरानमा समेत पब्लिक स्कुलको भवनमा निर्वाचन कार्यालय रहेको उल्लेख गर्दै पालना गर्ने“ निकायले नै निर्वाचन आचारसंहिताको धज्जी उडाउने काम गरेको बताइन् ।
विगतको तुलनामा दलहरुले आचारसंहिता उल्लंघन गर्ने क्रम केही घटेको पाइए पनि पूर्ण रुपमा पालना भने भएको नपाइएको बताइन् । उनले भनिन–‘हामीले अहिलेसम्म प्रदेश नं. १ का सुनसरी, इलाम र झापामा अनुगमन गर्यौ, अनुगमनसंैगै त्यहाका सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्यौ, यी ठाउमा समेत सुनसरीमा पनि पाइयो ।’ उनले आचारसंहितामा उल्लेख भएको बालबालिकाको प्रयोग नगर्ने कुरालाई पूर्ण रुपमा पालना गरे पनि प्रचारप्रसारमा जथाभावि झण्डा प्रयोग गरिएको्, ठूलो स्वरमा जिंगल बजाएर प्रचार गरिएको लगायतका कामहरु गरे पनि यस विषयमा सञ्चारकर्मी तथा सर्वसाधारणले कुरा राखेमा निर्वाचन आयोग उजुरी आएकै छैन, उजुरी आएपछि मात्र कारबाही अगाडि बढाउन मिल्ने बताउदै आएको बताइन् ।
यस्तै आयोगकी अनुगमन महाशाखा प्रमुख मञ्जु खतिवडाले आयोगले सातवटै प्रदेशमा अनुगमन गरेर निर्वाचन आयोगलाई यस विषयमा प्रतिबेदन बुझाउने बताइन् । उनले भनिन्–‘दलहरुले उल्लंघन गरेको आचारसंहितासहित दलहरुले जनप्रतिनिधिमाा उठाएका उमेदवारीका लैङिक समानता लगायतका कुरालाई पनि हामीले हेरेका छौं, सातै प्रदेशमा हाम्रा मान्छेहरु खटिएका छन्, सबै प्रदेशबाट संकलन भएको कुरा समेटेर हामी निर्वाचन आयोगलाई प्रतिवेदन दिन्छौं, आयोगलाई आचारसंहिता पालना नहुनुको कारणबारे स्पष्टीकरण सोध्छौं ।’
उनले अहिले आचारसंहिता उल्लंगन गर्ने तौरतरिकामा फरक भएको बताएकी छिन् । उनले भनिन्–‘विगतमा खुल्ला मैदानमा बालबालिकालाई प्रचारमा लगाउने गरिन्थ्यो तर यस प्राविधिको विकाससंगै सामाजिक सञ्जाल, टिकटकमा बालबालिकालाई प्रयो्ग गरेको पाइयो, यस अत्यन्तै दुःखद् कुरा हो ।’
सञ्चारकर्मीहरुले सो अवसरमा धरान तथा सुनसरीका दलहरुको गतिविधिका बारेमा आयोगका पदाधिकारीलाई जानकारी गराएका थिए । सञ्चारकर्मीहरुले सुनसरीको सबै पालिकाकाका मुख्य बजारका चौकमा दलहरुले चुनावी गतिवधि गर्दा सर्वसाधारणले अनावश्यक रुपमा दुःख पाएको लगायतका कुराहरु राखेका थिए ।