धरान/ स्थानीय निर्वाचनको मिति नजिकिएसँगै सबै उम्मेदवारहरू अहिले घरदैलो कार्यक्रममा व्यस्त भएका छन् ।
धरान उपमहानगरपालिका वडा नम्बर १७ मा पनि उम्मेदवारहरू मतदाताका घर–घरमा पुगिरहेका छन् । यहाँ मुख्यतः नेकपा (माओवादी केन्द्र), काङ्ग्रेस र एमालेका उम्मेदवारहरू बढी सक्रिय छन् । माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार सूर्यबहादुर (मनोज) भट्टराई भने आप्mनो जीतप्रति विश्वस्त भएर घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।
यस क्रममा उनी नेतृत्वको टोली मङ्गलबार डाँडाघोपा, नमूना बस्ती, सुन्दर, बस्तीलगायतका स्थानमा पुगेको छ । सयौँ समर्थक र शुभचिन्तकहरूका साथ बाजागाजासहित टोली पुग्दा मतदाताहरूले उत्साहका साथ स्वागत गर्ने गरेका छन् । मतदाताहरूको यही साथ र समर्थनबाट उनी निश्चिन्त देखिएका छन् । भट्टराई आप्mनो वडाका निवर्तमान वडाध्यक्ष पनि हुन् ।
वडाध्यक्ष हुँदा गरेका विकास निर्माणका कार्य र नागरिकका सुख–दुःखमा साथ रहेकै कारण आपूm र आप्mनो टिमलाई मतदाताहरूले अपार समर्थनका साथ जिताउनेमा उनी ढुक्क छन् । अघिल्लो स्थानीय निर्वाचनमा धरानका २० वटा वडामध्ये माओवादी केन्द्रले वडाध्यक्षमा जितेको यही एकमात्र वडा हो । त्यसैले यस वडामा माओवादी केन्द्रको प्रभाव राम्रै रहेको भट्टराई बताउँछन् ।
घरदैलोको क्रममा भट्टराईको टोली सोमबार पटनाली गएको थियो । पातलो बस्ती रहेको पटनालीमा अपराह्न २ बजे घरदैलो कार्यक्रम शुरु भयो । आफ्ना नेताहरूलाई जिताउन वडावासीहरू चर्को घामको पर्वाह नगरी उत्साहपूर्वक सहभागी भएका थिए । ७३ वर्षीय मोहन खड्काले मनोज भट्टराई ज्यादै लोकप्रिय र आँखामा राख्दा पनि नबिझाउने विकासप्रेमी भएको बताए । ‘उहाँले पटनालीका सबै बाटोघाटो फराकिलो पार्नुभयो’, खड्काले भने, ‘सर्दूमा पुल बन्नुमा पनि उहाँको ठूलो योगदान छ ।’ त्यसैले विकासप्रेमी नेता भट्टराईलाई जिताउने आप्mनो इच्छा रहेको उनले सुनाए ।
त्यसै क्रममा स्थानीय धनशेर निरौलाले वडा सदस्यलाई घरअगाडि एउटा कल्भर्ट लगाइदिन आग्रह गर्दा पनि बेवास्ता गरेको गुनासो गरे । त्यस क्रममा स्थानीयले वडाध्यक्षका उम्मेदवार भट्टराईलगायत वडा सदस्यका उम्मेदवारहरूलाई अबिर र खादा लगाएर जीतको शुभकामना दिएका थिए । धरान–१७ मा महिला सदस्यमा शेषकुमारी घिमिरे, दलित महिला सदस्यमा लक्ष्मी विके तथा खुल्ला सदस्यमा मनिष विष्ट र लक्ष्मण राई उम्मेदवार रहेका छन् ।
यस वडामा एमालेबाट कल्पना शेर्पा र काङ्ग्रेसबाट नरसिंह राई वडाध्यक्षका उम्मेदवार छन् । एमाले र काङ्ग्रेस परिणाम उल्टाउने दाउमा छन् । उनीहरू पनि घरदैलो अभियानमा सक्रिय छन् ।