मतदान स्थलको सुरक्षामा तिन तहको घेरा

  • वैशाख १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदात स्थलको सुरक्षाका लागि तिन तहको सुरक्षा घेरा रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुनसरीमा निर्वाचनलाई शान्तिपुर्ण ढंगले सम्पन्न गराउन तिन तहको सुरक्षा घेरा रहने प्रशासनले जनाएको छ । प्रशासनका अनुसार निर्वाचन स्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी रहने भएका छन् भने मतदान स्थलको बाहिरी घेरामा नेपाल सेनाले सुरक्षा दिने भएको छ । प्रशासनको अनुसार सुचना संकलनको लागि अनुसन्धानको जनशक्ति पनि परिचालन हुने जनाएको छ ।

स्थानीय तहको सुरक्षाका लागि जिल्लाको दुई उपमहानगरपालिकामा ३ वटा टोलि, नगरपालिका र गाउँपालिकामा २ टोलि सहित जिल्लामा कुनै आकस्मीक प्रहार रोक्नका लागि ६ वटा टोलि परिचालन गरिने बताएको छ । गणमा छुट्टै रिजर्भ टोलि पनि रहेको जनाएको छ ।

प्रशासनको अनुसार सुनसरीमा ३ सय ३० जना सेना सहित १ हजार १ सय ६६, सशस्त्र प्रहरी ५ सय १२, सुचना संकलक १९ जना र म्यादी प्रहरी २ हजार ६८ जना सहित ४ हजार ९५ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार सुनसरी जिल्लाका १ सय ६६ मतदान स्थल मध्ये ४४ अतिसंवेदनशिल, ८० संवेदनशील र ४२ सामान्यको सुचीमा रहेको आधारमा सुरक्षा चुनौती रहेका मतदान स्थलमा अवस्था हेरेर सुरक्षाकर्मी परिचालन हुनेछन् ।

निर्वाचन कार्यालय सुनसरीका अनुसार जिल्लामा कुल ५ लाख ३४ हजार ७ सय ६५ मतदाता रहेका छन् । जिल्लामा महिलाको संख्या २ लाख ६५ हजार ६ सय १७ र पुरुष २ लाख ६९ हजार १ सय ४६ जना रहेका छन् । जिल्लामा १ सय ६६ मतदान स्थल रहेका छन् भने मतदात केन्द्र ५ सय ८१ रहेको छ ।

सुरक्षाका चुनौतीसँगै व्यवस्थापकीय चुनौतीलाई आकलन गरेर भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्ला स्तरीय सुरक्षा एकीकृत गरी जोखिम र अतिसंवेदनशिल, संवेदनशील सुचीमा परेका मतदान स्थलहरूको अवस्था हेरेर संयुक्त सुरक्षाकर्मी परिचालन हुने प्रहरी प्रमुख थापाले बताए ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved