गठबन्धनका विरुद्ध बराहक्षेत्रमा माओवादी केन्द्र अध्यक्षले दिए राजीनामा

  • वैशाख १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ गठबन्धनका नाममा अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वद्वारा षडयन्त्र सिर्जना गरिएका कारण माओवादी केन्द्रले जित्ने आधार रहेको क्षेत्रमा टिकट नपाएको भन्दै अध्यक्षले राजीनामा दिएका छन् ।
माओवादी केन्द्र बराहक्षेत्रका अध्यक्ष कमलबहादुर कट्वालले माओवादी केन्द्र दलाल, पुँजीपति, नोकरशाही प्रवृत्तिको घेराबन्दीमा परेको बताए । शुक्रबार बराहक्षेत्रस्थित कालाबञ्जरमा पत्रकार सम्मेलन गर्दै उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बराहक्षेत्र नगरपालिकाको बलियो जनाधार रहेको क्षेत्रसमेत नेतृत्व लिन नपाउने अवस्था सिर्जना भएको बताए ।

प्रेस वक्तव्यमा कट्वालले भनेको छन्, ‘क्रान्तिकारी कमरेडहरुलाई बल र टेवा दिनु पर्ने अवस्थामा उल्टै दलाल, पुँजीपतिको घेराबन्दीमा जिल्ला र माथिल्ला तहका कमिटी परेपछि बराहक्षेत्रको नेतृत्व लिइरहेको अवस्थामा म कमलबहादुर कट्वालले अध्यक्षको पदमा बसिरहन नैतिक हिसाबले उचित ठानिनँ ।’

कार्यकर्ताको भावनाविपरीत कुनै छलफल नगरी, पार्टी कार्यकर्ताहरुको योगदानको मूल्याङ्कन नगरी नेपाली कांग्रेससँगको गठबन्धनको लाचार छायाँमा परी बराहक्षेत्रका विभिन्न वडामा दाबी गरिरहेका माओवादी केन्द्रका नेता कार्यकर्ताको भावनाविपरीत, विजयको सुनिश्चित भएका वडामा समेत आफ्ना उमेदवारलाई टिकटबाट बञ्चित गराउने षडयन्त्र भएको कट्वालले बताए । गठबन्धनको निर्णयविरुद्ध दृढतापूर्वक आवाज उठाउँदै नेकपा माओवादी केन्द्र बराहक्षेत्र नगर कमिटीको अध्यक्षको पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

यस अघि माओवादी केन्द्रका तर्फबाट बराहक्षेत्रमा टिकट नपाएपछि वडा नं। १ का वडाध्यक्षका उम्मेदवार रन्जित लोहनीले पार्टीको वडा १ को अध्यक्षबाट राजीनामा दिँदै स्वतन्त्र उमेदवारी दिएका थिए । लोहनीसँगै वडा १ का इञ्चार्ज प्रकाश राई, सचिव निमेश किराँती, उपाध्यक्ष गंगामाया नेपाली, सहसचिव भीम लकान्द्री, कोषाध्यक्ष मन्दिरा कार्की र नगर सदस्य खगेन्द्र कार्कीले पनि पदबाट राजीनामा दिएका थिए । यस्तै नगर सदस्य रामबहादुर विष्टले गठबन्धनको निर्णयविरुद्ध स्वतन्त्र उमेदवारका रुपमा नगर प्रमुख पदमा उमेदवारी दिएका छन् ।

20220428_081000

 

 

 

 

 

20220428_081011

 

 

 

 

 

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved