मेयर पदका उमेद्वारको प्रतिबद्धता: खानेपानी समाधान पहिलो प्राथमिकता "ठुलाले काम नगरेको साना दलको आरोप"

  • वैशाख १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मुलुक स्थानीय निर्वाचनमा होमिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार देशभरका स्थानीय निर्वाचनमा उमेद्वारी मनोनयन सम्पन्न गरेको छ ।

दलहरु तामझामका साथ मनोनयन गर्न निर्वाचन कार्यालय पुगेका थिए । यसै क्रममा सुनसरीको धरानमा समेत पब्लिक स्कूलको प्रांगणमा रहेको निर्वाचन अधिकारीको कार्यालयमा दलबल सहित मनोनयन दर्ता गर्न पुगेका थिए ।

दुई दिन मनोनयन दर्ताको समय भएपनि आइतबार साना दल तथा स्वतन्त्र दलले मात्र उमेद्वारी दिएका थिए । सोमबार भने सत्ता गठबन्धन तथा एक्लै अस्तित्व जोगाउन उमेद्वारी दर्ता गर्न गएको नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातनन्त्र पार्टी लगायतले उमेद्वारी दर्ता गराएका थिए ।

मनोनयन दर्ता गर्न पुगेका दलहरुले नगरको विकासमा आफू प्रतिबद्ध रहने बताएका थिए । विगतमा आफूले कार्यभार सम्हाल्दा धरानको विकास भएको दाबी गर्दै उनीहरुले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । सोमबार उमेद्वार दर्ता गर्न पुगेको नेकपा एमालेका तर्फबाट तत्कालीन धरान उपमहानगरपालिकाकी उपमेयर तथा मेयरको प्रतिष्पर्धी मञ्जु भण्डारी सुवेदीले यस पटक नेकपा एमालेको जित सुनिश्चित भएको बताइन । उनले स्व. तारा सुब्बाको निधनपछि आफूले कावा मेयर भएर नगरपालिका हाक्दा धरानमा गर्नुपर्ने धेरै कुराहरु देखेको भएपनि ०७६ को उपनिर्वाचनबाट मेयरको रुपमा काँग्रेसका तर्फबाट तिलक राई आएपछि आफूले चाहेको काम गर्न नसकेको बताईन् । उनले भनिन, ‘धरानमा खानेपानी समस्या समाधानदेखि लिएर धेरै काम गर्न बाकी रहेको छ त्यो अधुरा काम मेरो नेतृत्वमा पूरा गर्छु ।’ उनले धरानलाई शैक्षिक, पर्यटन, शिक्षा, स्वास्थ्यको हब बनाउने योजना एमालेभित्रै रहेकोले यसलाई अगाडि बढाउन पनि आफूलाई मत दिएर जिताउन सर्वसाधारणलाई आग्रह गरिन् । उनले भनिन्, ‘काम गर्दा गर्दे कोरोना महामारी शुरु भयो, दुई बर्ष त कोरोनाले खाइदियो, बाँकी रहेको समय गर्दा पाँच बर्ष वित्यो, बाँकी रहेको कामलाई निरन्तता दिन पनि एमालेलाई जिताउनु आवश्यक छ ।’

यता गठबन्धनका तर्फबाट मेयरका उमेद्वार बनेका किशोर राईले धरानलाई पर्यटक, खेलकुदको हवसँगै धरानमा रहेको खानेपानी समस्या समाधानमा आफू लाग्ने बताए । उनले विगतमा धरान उपमहानगरपालिकाको प्रमुखमा काँग्रेसले नेतृत्व गरे पनि थोरै समयमात्र नेतृत्व गरेकोले सोचेजस्तो काम हुन नसकेको बताए । उनले भने, ‘म उपमहानगरपालिकाको नेतृत्वमा आए भने सबैभन्दा पहिला धरानको खानेपानी समस्या समाधानलाई प्राथमिकतामा राख्छु, त्यसपछि धरानलाई खेलकुदको सहर बनाउन लागि पर्नेछु, त्यस्तै धरानलाई शैक्षिक, पर्यटन र स्वास्थ्यको अब बनाउन पनि सबै राजनीतिक दलहरु, विभिन्न संघ संस्था, धराने जनताको साथ सहयोग लिएर काम गर्नेछु ।’

यता साना दलहरुले भने ठूला दलहरुभन्दा फरक मत राखेका छन् । ठूला दलहरुले आफ्नो स्वार्थभन्दा अरु केही नहेरेको धरानको विकासमा माखो केही नमारेकोले अब विकल्पका रुपमा आफूहरुलाई धरानेहरुले जिताउनुपर्ने बताएका छन् । उनीहरुले धरानको विकास चाहने धरानेहरुले आफूहरुलाई भोट दिएर जिताउन आग्रह समेत गरेका छन् । जनता समाजवादी पार्टीका तर्फबाट मेयरका प्रत्यासी बनेका पार्टीका नगर अध्यक्ष ताजुव लिम्बुले काँग्रेस र एमाले दुवै पार्टीले उपमहानगरपालिकाको नेतृत्व सम्हाले पनि धरानको विकास हुन नसकेको बताए । उनले भने, ‘उनीहरुले विगतमा प्रस्तुत गरेका घोषणपत्रको एक अंश पनि काम गरेनन्, धरानको अत्यावशीयक खानेपानीको समस्यामा गम्भीर भएनन्, खानेपानी परियोजनाबाट आफू बनिए, तर धराने जनतालाई पानी खुवाउन सकेनन, त्यसैले अबको विकल्प हामी हौ, हामी यसको समस्या समाधान गछौै ।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रत्यासी बनेका नरेश शाक्यले पनि ठूला दलले जति पटक जिते पनि धरानको विकास नहुने दाबी गरे । उनले काँग्रेस र एमालेलाई धराने जनताले हेरिसकेका छन्, पटक पटक नेतृत्वमा पु¥याएर पनि काँग्रेस र एमालेले केही गर्न नसकेका कारण यसपटक धराने जनताले राप्रपालाई विकल्पको रुपमा हेर्ने विश्वास व्यक्त गरे । उनले भने–‘धरानको खानेपानी समस्या जहिल्यै राजनीतिक एजेन्डामात्र बन्यो, समाधान भएन, राप्रपा नेतृत्वमा पुग्यो भने त्यसलाई चाडो भन्दा चाडो समाधान गर्छौ ।’

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved