धरानमा ठुला दल सहित साना दलको मनोनयन सम्पन्न

  • वैशाख १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आसन्न स्थानीय तहको निर्वाचनका लागि धरानका दलहरु सहित स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

आइतबार साना दल सहित स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए भने सोमबार ठुला दलहरुले मनोनयन दर्ता गरेका छन् । सोमबार भएको मनोनयन दर्तामा नेकपा एमाले, गठबन्धन, जनता समाजवादी, राप्रपा लगायतका दलका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

एमालेको तर्फबाट मेयरका लागि मन्जु भण्डारी सुवेदी, गठबन्धनबाट नेपाली कांग्रेसका किशोर राई, जनता समाजवादी पार्टीबाट ताजुव लिम्बु, राप्रपाबाट नरेश शाक्यले मनोनयन दर्ता गरेका छन् । त्यसै गरि उपमेयरमा एमाले बाट पदम इस्वो(लिम्वु), गठबन्धनबाट माओवादीका अइन्द्र विक्रम वेघा, जसपाबाट बिना पुमा, राप्रपाबाट पुर्णि माया राई ले मनोनयन दर्ता गरेका छन् ।

यता एमालेबाट वडाअध्यक्षहरुमा १ मा सुमन श्रेष्ठ, २ मा रमेश राई, ३ मा सुयोग पाख्रिन, ४ मा धन बहादुर राई, ५ मा मन प्रसाद लिम्बु, ६ मा हरि बहादुर राई, ७ मा जिवनराज सुवेदी, ८ मा धन बहादुर राई, ९ मा शिव कुमार राई, १० मा विवेक राईले मनोनयन दर्ता गरेका हुन् ।

त्यसै गरि ११ मा किरण राई, १२ मा टंक बहादुर राई, १३ मा नेत्र प्रसाद काफ्ले, १४ मा उत्तम आले, १५ मा नरेश इवारुम, १६ मा हिमाल कार्की, १७ मा कल्पना शेर्पा, १८ मा ऋषिराज राई, १९ मा पुर्ण बहादुर लिम्बु र २० मा महाशेर राईले वडाअध्यक्षमा उम्मेदवार दिएका हुन् ।

कांग्रेसले एकल रुपमा वडाअध्यक्षका लागि वडा नम्बर २ मा सुधिर सिंह लिम्बु, ४ मा गणेश बजगाई, ५ मा सन्तोष लिम्बु, ६ मा कृष्ण कुमार राई, ८ मा उत्तम राई, ९ मा रुपेश आचार्य, १२ मा विष्णु तामाङ, १४ मा श्याम श्रेष्ठले उम्मेदवारी दिएका छन् । कांग्रेस र नेकपा एसको गठबन्धनमा ११ मा वडाअध्यक्ष कांग्रेसका लोकेन्द्र कुमार फागो, १६ मा मुरारी प्रसाद भट्टराई, १७ मा नर्सिङ राई, १८ मा नरेन्द्र कुमार राइ र २० मा पदम लिम्बु उम्मेदवार छन् ।

कांग्रेस र माओवादीको गठबन्धनबाट वडाअध्यक्षमा कांग्रेसबाट वडा नम्बर १ मा यज्ञमणि आचार्य, ३ मा विद्या शाक्य, ७ मा सुवर्ण मोहन पलिखे, १० मा रुपा राई, १३ मा कांग्रेसका पेम्वा तामाङ, १५ मा माओवादीका सुवास खवास, १९ मा कांग्रेसकै राजकुमार थोप्राले मनोनयन दर्ता गरेका छन् ।

माओवादीले एकल रुपमा वडा नम्बर ४ चन्द्र कुलुङ, ५ मा धन कुमार राई, ६ मा रवि कार्की, ८ मा कृपा राई, ९ मा रविन श्रेष्ठ, ११ मा जितराज राई, १२ मा गंगा बराल, १४ नविन केसी रहेका छन् । त्यस्तै एकल रुपमा १७ मा मनोज भट्टराई, १६ मा चन्द्र राई, १८ मा मदन राई र २० मा विजय तामाङले उम्मेदवारी दिएका छन् ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved