धरान / नेपाली काँग्रेसका नेता तथा १४ नं वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले नेपाली काँग्रेस छाडेका छन् । पार्टीले वैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनमा पार्टीका तर्फबाट श्याम श्रेष्ठलाई टिकट दिए सँगै उनी राप्रपाबाट उम्मेद्वार बन्न लागेका हुन् ।
यस विषयमा भट्टराई सँग बुुझ्न सम्पर्क गर्दा उनले छलफल चलिरहेकाले अहिले केही नबोल्ने बताए । उनि निकट स्रोतका अनुसारा भट्टराई काँग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेस धरानका प्रभावशाली नेताको छबि बनाएका भट्टराई को यो निर्णयले काँग्रेसलाई प्रभाव पर्ने देखिएको छ ।