धरान । प्रदेश १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहकार्यमा जनता मिडिया हव धरानले महिलाहरुको राजनीतिमा उपस्थिति र पहुँचका विषयमा सरोकारवालाहरुसँग अन्र्तक्रिया गरेको छ ।
धरानमा आयोजित अन्र्तक्रियामा महिलाहरुलाई राज्यका निर्णायक तहमा पु¥याउन राजनीतिक दलहरु भन्दा माथि उठेर अभियान चलाउनु पर्ने सहभागिहरुले बताएका छन् । कार्यक्रमकी प्रमुख अतिथि १ नं. प्रदेश सभा सदस्य सावित्री जोशी श्रेष्ठले संविधानमै महिलाको हक अधिकार ३३ प्रतिशत कायम गराउन सफल भए पनि राजनीतिक दल र राज्यका निकायमा संविधानमा उल्लेख भए अनुसारको महिलाको सहभागीता नभएको बताईन ।
कार्यक्रममा धरान उपमहानगरपालिकाकी उममेयर मञ्जु भण्डारीले समाज पुरुषप्रधान भएकाले महिलाको हक अधिकार अझै सुनिश्चित नभएको बताईन । धरान उपमहानगरपालिकाका मेयर र प्रशासकीय अधिकृतले लक्षित वर्गका कार्यक्रम विशेष गरि महिलाका आय आर्जन र सीपमुलक कार्यक्रमहरु कटौती गरेर विकासका योजनामा हालेर महिलामाथि ठूलो अन्याय गरेको उपमेयर भण्डारीले आरोप लगाईन् ।
महिला सञ्जाल धरानकी अध्यक्ष तथा माओवादी केन्द्रकी नेता चेतना श्रेङ्ले पीतृसतात्मक सोचले महिलाको अधिकार कुण्ठित भएको बताईन । क्षमतावान महिला भए पनि महिला भएकै कारण नेतृत्वमा जान नदिने पार्टीका पुरुष नेताहरुको विरुद्ध अव महिलाहरुले अभियान चलाउन पर्ने उनले बताईन् ।
कार्यक्रममा यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभर पाँच दलिय गठबन्धन हुने र त्यसमा मेयर उपमेयरमा महिलाको सहभागिता शुन्य हुने खतराप्रति पनि छलफल गरिएको थियो । गठबन्धनले महिलाको अधिकार खोस्न लागेको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा धरान उपमहानगरपालिका न्यायपालिका सदस्य सावित्रा परियारले बताईन ।
संविधानमा पार्टीले उम्मेद्वार बनाउदा प्रमुख वा उपप्रमुखमा एक महिला अनिवार्य गरिएको छ । तर गठबन्धनबाट प्रमुख र उपप्रमुखमा भिन्नाभिन्नै दलको उम्मेद्वार हुँदा महिलाको प्रतिनीधित्व शुन्य हुने छ । भिन्नाभिन्न दलको उम्मेद्वार हुदा महिलालाई अनिर्वाय नहुँदा महिला सहभागिता शुन्य हुने खतरा बढेको हो ।
धरान उपमहानगरपालिकाका २० वटै वडाका महिला तथा दलित महिला सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा सामाजिक संघ संस्था, राजनीतिक दलहरुका महिला प्रतिनीधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गत निर्वाचनमा महिला सदस्यहरुमा विजयी हुनु भएकाहरुलाई यस पटक वडाध्यक्षमा चुनाव लड्न पनि सहभागिहरुले सुझाव दिनु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसकी महासमिति सदस्य श्यामा रेग्मी, नेकपा एमाले जिल्ला कमिटी सदस्य इन्द्रकला राई, डव्लुडव्लुजे की प्रदेश अध्यक्ष तथा प्रेस सेन्टरकी केन्द्रीय सदस्य गंगा बराल, पत्रकार महासंघकी पूर्व केन्द्रीय सदस्य निलिफा सुब्वा, नेकपा एकिकृत समाजवादी धरानकी उपाध्यक्ष पद्मा सुब्बालगायते मन्तव्य राखेका थिए ।