धरान । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ११ गतेको लागि तय भएको मनोनयन दर्ता गर्न इलामका जनप्रतिनिधिले राजिनामा दिएका छन । इलामका १० पालिका मध्ये तीन नगरपालिकाका प्रमुुख र उपप्रमुखले राजिनामा दिईसकेका छन । त्यस्तै माईजोगमाई गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र सन्दकपुर गाउँपालिकाका अध्यक्षले राजिनामा दिइकेका छन । सूर्याेदय नगरपालिका प्रमुख रणबहादुुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, माई नगर प्रमुख दीपककुमार थेबे, उपप्रमुख विष्णुमाया रिमाल र देउमाई नगरपालिका प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राईले पदबाट राजीनामा दिएका छन् ।
सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राईले पनि पदबाट राजीनामा दिएका छन् । माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई र उपाध्यक्ष सावित्रा भट्टराईले पनि पदबाट राजीनामा दिएका छन् ।
माईमा मेयरसहित १७ जनप्रतिनिधिले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले जानकारी दिए । राजीनामा दिने जनप्रतिनिधिलाई कर्मचारीले अबिर र खादा लगाइ बिदाइ गरेका छन् । माईका वडा २ का अध्यक्ष खम्बासिंह लिम्बू, वडा ६ अध्यक्ष मुखराज आङ्देम्बे, वडा ७ का अध्यक्ष राम सदेम्बा, ९ का वडाध्यक्ष लीलाकुमार बान्तवा राई र १० वडाध्यक्ष मनबहादुर बस्नेतले राजीनामा दिएका छन् । कार्यपालिका र वडाका ५÷५ सदस्यले पनि राजीनामा दिएको अधिकारीले जानकारी दिए ।
मेयर थेबेले आउँदो निर्वाचनका लागि पार्टीबाट चुनावी अभियानमा लाग्न आफूले पदबाट राजीनामा दिएको बताए । उनले मेयरको पदमा बसेर दलको चुनावी अभियानमा होमिनुुभन्दा जिम्मेवारीमुक्त भएर लाग्न राजीनामा दिएको बताए ।
सन्दकपुर वडा २ अध्यक्ष गिरिराज खनाल र वडा ३ अध्यक्ष कृष्ण पाठकले पनि पदबाट राजीनामा दिएका छन् । चुलाचुली गाउँपालिका वडा ५ का अध्यक्ष चन्द थापाले पनि पदबाट राजीनामा दिएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले जानकारी दिए ।
देउमाईका मेयर पोख्रेलले पुनः मेयरमै र उपमेयर राईले पुनः उपमेयरमै उम्मेदवारी दिने एमालेले निर्णय गरिसकेको छ ।
इलाम नगरपालिका–१ का वडाध्यक्ष अम्बिका गौतम र वडा १० का अध्यक्ष रोम लुंगेलीले पनि पदबाट राजीनामा दिएका छन् । फाकफोकथुम गाउँपालिका वडा ४ का वडाध्यक्ष हरि दंगाली र वडा ७ का अध्यक्ष लोकबहादुर गोदारले पनि राजीनामा दिएका छन् । माङ्सेबुङ गाउँपालिका–५ का वडाध्यक्ष नरेन्द्रकुमार राई र वडा –६ अध्यक्ष प्रदीप साम्पाङले पनि पदबाट राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।
सूर्याेदय नगरका मेयर राईले सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवारी दिने चर्चा छ । उनको उम्मेदवारीको पनि निर्णय भने भइसकेको छैन । उपप्रमुख भट्टराईले नेकपा (एमाले)बाट पुनः उपाध्यक्ष पदमै उम्मेदवारी दिने निर्णय पार्टीले गरिसकेको छ । सूर्याेदय १ का वडाध्यक्ष राजकुमार सेरेङ, वडा ३ अध्यक्ष होमबहादुर कार्की, ६ का वडाध्यक्ष शिवबहादुर बस्नेत, १० का वडाध्यक्ष पेमा उग्येन लामा, ११ का अध्यक्ष टेकबहादुर राई र वडा १२ अध्यक्ष डोलेन्द्र भारद्वाजले राजीनामा दिएका छन् । सूर्याेदयका २ कार्यपालिका सदस्यले पनि राजीनामा दिएको ३ नम्बर वडाध्यक्ष कार्कीले जानकारी दिए ।