स्थानीय तह निर्वाचन: दोहोरिने वडाअध्यक्षले दिए राजिनामा

  • वैशाख ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt धरान उपमहानगरपालिकामा राजिनामा दर्ता गराउँदै जनप्रतिनिधिहरु l

धरान । स्थानीय तहको निर्वाचनका लागि मनोनयन गर्न दोहोरिने जनप्रतिनिधीहरुले साविक पदबाट राजिनामा दिन थालेका छन् ।

धरान उपमहानगरपालिकाका ८ वटा वडाअध्यक्ष सहित सदस्यहरुले पनि शनिबार राजिनामा दिएका हुन् । विभिन्न दलहरुबाट निर्वाचित भएका जनप्रतिनिधीहरु दोहोरिने मनसाय भएकाहरुले राजिनामा दिएका हुन् । टिकट पाउने पक्का भए पनि उनीहरुले राजिनामा दिएका हुन् । शनिबार धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित भएका वडा नम्बर ५ का सन्तोष लिम्बु, १ का रोशन अधिकारी र १४ का कृष्णप्रसाद भट्टराईले राजिनामा दिएका छन् भने माओवादीबाट निर्वाचित वडा नम्बर १७ का वडाअध्यक्ष सुर्य बहादुर भट्टराई (मनोज) ले पनि राजिनामा दिएका छन् । त्यसै गरि नेकपा एमालेका वडा नम्बर १९ का पुर्ण प्रसाद लिम्बु, ७ का जिवन सुवेदी, ४ का वडाअध्यक्ष मान बहादुर राई र १३ का वडाअध्यक्ष नेत्र काफ्लेले पनि राजिनामा दिएका छन् ।

निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरुले मनोनयन दर्ता गर्नुअघि राजिनामा दिनुपर्ने भएपछि २०७४ मा निवार्चित जनप्रतिनिधिहरुले धमाधम पदबाट राजिनामा दिन थालेका हुन् । राजिनामा दिएका वडाअध्यक्षहरु पुनः दोहोरिने पक्का भएको छ । कांग्रेसबाट निर्वाचित भएका तिनवटै वडाका अध्यक्षहरु लाई पार्टीले दोहोर्‍यlउने भएको छ भने एमालेका वडा नम्बर ४ का वडाअध्यक्षले राजिनामा दिए सँगै पार्टी पनि परित्याग गरेको घोषणा गरेका छन् । उनी पुनः नेकपा समाजवादीबाट वडा नम्बर ४ बाटै उम्मेदवारी दिने पक्का भएको छ भने अन्य तिन वटा वडामा पुरानै वडाअध्यक्षहरु दोहोरिदैछन् ।

माओवादीबाट निर्वाचित वडा १७ का अध्यक्ष भट्टराई उपमेयरको पनि आकांक्षी छन् । उनी उपमेयरमा सिफारिशमा नपरे पुनः वडाअध्यक्षमा उम्मेदवारी दिने बताइएको छ ।

यस्तै, वडा १० बाट दलित महिला सदस्य अरुणा सुन्दास, वडा सदस्यहरु सम्सेर वर्देवा र कृष्णबहादुर राईले पनि राजिनामा दिएका छन् भने वडा नं ६ का वडासदस्य हरिबहादुर राई, वडा १३ की दलित महिला उर्मिला परियार, वडा ७ की दलित महिला कुमारी बिक, वडा ९ का सदस्य शरदरत्न पार्थिव, वडा १३ का सदस्य सन्तोष राई र वडा ४ का सदस्य गोरसमान गुरुंग लगायत २५ जना सदस्यहरुले पनि राजिनामा दिइसकेका छन् । वडा नम्बर ६ का वडा सदस्य हरि बहादुर राई वडाअध्यक्षको उम्मेदवार हुने बताइएको छ ।

राजिनामा दिएका जनप्रतिनिधिहरुको निवेदन दर्ता भएपछि निस्सा प्रदान गरिएको धरान उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । उनले भने,‘मनोनयन दर्ता गर्दा राजिनामा दिएको निस्सा चाहिन्छ । निवेदन दर्ता भएपछि हामी राजिनामा दर्ता भएको पत्र निस्सा दिन्छौ ।’ निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ता गर्ने समय तोकेको छ ।

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved