धरान । चितवनको भरतपुरमा भएको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको चौथो राष्ट्रिय महाधिवेशनबाट धरानका डम्बर गुरुङ महासचिवमा निवार्चित भएका छन् ।
चैत २८ र २९ गते चितवनको भरतपुरमा सम्पन्न भएको महाधिवेशनबाट गुरुङ महासचिवमा निर्विरोध निवार्चित भएका हुन् । उनी यसअघि राष्ट्रिय परिषदको सहमहासचिव थिए । महाधिवेशनले चितवनका कर्णबहादुर गुरुङको अध्यक्षतामा ७७ सदस्यीय राष्ट्रिय परिषदको नेतृत्व निवार्चित गरेको छ ।
महाधिवेशनले सुनसरी (धरान) कार्यक्षेत्र भएका बकसमान गुरुङ र कर्ण गुरुङलाई पनि केन्द्रीय सदस्यमा निर्विरोध निवार्चित गरेको छ । राष्ट्रिय परिषदको कार्यकाल ३ बर्षको हुन्छ ।
नवनिवार्चित महासचिव डम्बर तमू गुरुङका अनुसार महाधिवेशनबाट १८ बुँदे घोषणापत्र पनि जारी भएको छ । घोषण पत्रमा आइएलओ १६९ र संयुक्त राष्ट्र संघको आदिबासी जनजाती घोषणापत्र प्रभावकारीरुपमा कार्यान्वयन गर्न माग गरिएको महासचिव गुरुङले जानकारी दिए ।