वर्तमान सरकारले देश अघि बढाउन सकेन्’

  • वैशाख १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वर्तमान सरकारले रणनीतिक महत्वका सडक योजनाहरु, विकास निर्माणको कामहरु कटौती गरेर देशलाई अघि बढ्नबाट रोकेको आरोप लगाए ।

इनरुवामा बुधबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमालेले जनमत हुँदा हुँदै पनि मुद्दा हारेर सरकार छाड्नुपरेको उल्लेख गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय ढुकुटी कमजोर भएको र देश श्रीलंकाको बाटोमा गएको बताए ।

सरकार परिवर्तन गर्न नभएर आम विकास गर्न नयाँ एमाले सरकार स्थानीय सरकारमा आउने ओलीले बताए । उनले भने, ’हामीले नक्सा छाप्यौ, अहिलेको सरकार भरसक त्यो नक्सा कसरी हटाउने भन्नेतर्फ छ ।’ ओलीले विकास निर्माण र देशको स्वाभिमानलाई उच्च बनाउने काम आफ्नो नेतृत्वको सरकारले गरेको जिकिर गर्दै जनमत हुँदाहुदै सरकारबाट बाहिरिनु परेको बताए ।

अध्यक्ष ओलीले एमाले मधेसीको पार्टी भएको बताए । एमाले प्रवेशको लहर मधेसमा चलेको उल्लेख गर्दै एमाले मधेसीको पार्टी भएको बताए । उनले भने, ‘एमाले पहाडियाको पार्टी होइन, एमाले मधेसीको पार्टी हो ।’ एमाले मधेस विरोधी पार्टी भएको भन्नेहरूलाई गलत साबित गर्न एमाले प्रवेशको लहरले उत्तर दिएको बताए । उनले एमालेसँग मधेशी समुदायको आशा र विश्वास तलमाथि हुन नदिने पनि बताए । उनले भने, मधेशीहरुको मात्र पनि होइन, मेचीदेखि महाकालीसम्मको सबैको हो । सबै पेशा, व्यवसाय, समुदाय, वर्गको हो । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको, सबै भाषा बोल्नेहरुको पार्टी हो । यो पार्टीले सबैको लागि काम गर्छ ।’ ११ लाख सुकुम्वासीलाई धन पुर्जा दिने एमाले तयारी हुँदा गठबन्धनको सरकार बनेर असम्भव भएको ओलीले बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टीबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा निवार्चित महेन्द्रप्रसाद यादव नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष ओली लगायत नेताहरुले स्वागत गरेका थिए । उनीसँगै विभिन्न पार्टीका नेता, कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved